back
CTIZAN AD

जि.पि फाउण्डेशन अमेरिकाद्वारा निःशुल्क दुग्धजन्य पदार्थ तथा फ्रोजन चिकेन वितरण

वि.सं.२०७७ असोज १५ बिहीवार

753 

shares

१ अक्टोबर, न्युयोर्क, अमेरिका । गिरिजा प्रसाद कोइराला फाउण्डेशन (जिपी फाउण्डेसन)अमेरिकाले बुधवार सेप्टेम्बर ३०, २०२०, का दिन दुई चरणमा निशुल्क खाधन्न वितरण कार्यक्रम सम्पन्न गरेको छ। पहिलो चरणको वितरण बिहानको ११स्३० बजे निशुल्क खाधन्न वितरण कार्यक्रम न्युयोर्क शहरको क्वीन्स बोरो स्थित विभिन्न संघसस्थाहरु मार्फत गर्यो।

यसै क्रममा पहिलो चरणको खाधान्न वितरण कार्यमा क्विन्स बोरो प्रेसिडेन्ट शारोन लि ले ५० बक्स ग्रोसरि ड्राय फुड सहयोग गरेका थिए भने उक्त खाधान्न क्विन्स बोरो प्रेसिडेन्ट कै कार्यलय वाट केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरीङ्ग राप्के लामा र केन्द्रीय सदस्य रामचन्द्र अधिकारीको संयोजक्त्वमा नुप्री एसोसियेसन अमेरिकालाई २० बक्स ग्रोसरी र गुरुङ (तमु) समाज न्युयोर्कलाई २० बक्स ग्रोसरि यसै फाउण्डेशनले हस्तान्तरण गर्यो भने १० बक्स ग्रोसरी फाउण्डेशनले केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरीङ्ग राप्के लामा र केन्द्रीय सदस्य रामचन्द्र अधिकारी मार्फत वितरण गर्यो।

दोस्रो चरणको नि:शुल्क खाधन्न वितरण आजै दिउँसो को ३ बजे सम्पन्न भयो। यस दोस्रो चरणमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले रिभर फण्डका मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन सँग सहकार्य गरी ५७६ बक्स निःशुल्क दुग्धजन्य पदार्थहरू, फ्रोजन चिकेन र फलफुल वितरण गरेको यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे जानकारी गराए ।

गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले न्युयोर्कको क्वीन्समा रहेका संघसंस्थाहरु क्रमशस् युनाईटेड शेर्पा एसोसिएसन अमेरिकाका उपाध्यक्ष फुर्वा शेर्पा मार्फत ८० बक्स, ने काँ युवा नेता अनिल पाण्डे मार्फत १८० बक्स, ने.का. युवा नेता भोज राज ठोक्कर मार्फत ५ बक्स,पल्जु शेर्पा मार्फत १० बक्स, लाएन्स क्लव क्वीन्स बुद्वका उपाध्यक्ष बुद्व पौडेल मार्फत १० बक्स, तिब्बतीयन कम्युनिटि एन वाइ एन जे की तेन्जिन टिस्याङ मार्फत ९० बक्स, द गुरुङ (तमु) समाज अमेरिका न्युयोर्कका उपाध्यक्ष सिद्वार्थ गुरुङ मार्फत ४४ बक्स, एभरेस्ट टाईम्सका प्रधान सम्पादक आङ छिरिङ शेर्पा मार्फत ५ बक्स, नुप्री एसोसियेसन अमेरिकाका अध्यक्ष पेम्वा जिम्बा मार्फत ५० बक्स र व्यक्तिगत लाईनमा वितरण १०२ बक्स नि:शुल्क दुग्धजन्य पदार्थहरू, फ्रोजन चिकेन र फलफुल गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले वितरण गरेको थियो।

फाउन्डेसनको निःशुल्क खाधन्न वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरीङ्ग राप्के लामा, केन्द्रीय सदस्य राम चन्द्र अधिकारी र केन्द्रीय सदस्य सूर्य सीमखडा खटिएका थिए भने स्वयंसेवीहरु ने।का। युवा नेता क्रमशः पंकज सुब्बा, अनिल राज पाण्डे, प्रेमलाल बुढा मगर, विमल रोक्का, लक्ष्मण पुन, राम अधिकारी, प्रधुम्न रायमाझि, कुमार खडका, नारायण भट्टराई, राजु घर्ती, माधव जोसी, बुद्वी पौडेल, ने।का नेत्री कमला पन्त न्युयोर्क, यसै फाउण्डेशनकी महिला सदस्य मुना भण्डारी केसि लगायत खटिएका थिए ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले क्विन्स बोरो प्रेसिडेन्ट शारोन लि र रिभर फण्डका मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन लाई धन्यवाद एंव आभार प्रकट गरेको छ ।

वि.सं.२०७७ असोज १५ बिहीवार १६:२५ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...