back
CTIZAN AD

राम्रो काम गर भन्न किन कोही घरिघरि अनसन बसिदिनुपर्ने ?

वि.सं.२०७७ असोज २० मंगलवार

879 

shares

के नेपालमा नारी र पुरूष एक अर्काका निम्ति जोखिमका बस्तु ( Hazard)बन्दै गएको हो तरु यसले त समाज बिखण्डित पारेर विश्वासको धरातल चकनाचूर पार्न सक्छ। किन यस्तो हुन्छ ? यसका सांगोपांगो समाधान के छ ?

कानुनहरू बालका खाल निकाल्ने बन्दै जाने तर कानुनका उद्देश्य र लक्ष प्राप्त गर्न कुनै सामाजिक, सांकृतिक, शैक्षिक, भौतिक, आर्थिक र प्रशासनिक पूर्वाधार र ब्यवस्था गर्न असमर्थ हुँदै रहने हो भने हाम्रो समाज कस्तो बन्दै जाने होला ?

अहिले त झन् जे घटनालाई पनि मुलुकको प्रतिष्ठा, दलीय प्रतिष्ठा, सरकारको स्थीरता, राजनीतिक ब्यवस्थाको राजनीतिक रंग र जातजातिबीच धर्म धर्मबीच समुदाय समुदायबीचको थिचोमिचोको रंग किन दिइरहने गरिन्छ ? हाम्रो किन यति कमजोर मनस्थिति र आत्मबिश्वास गुमेको ? अपराध हुन्छन्, कानुन छ, पुलिस छ, तिनले काम गर्नुपर्यो फटाफट। यस्ता कुरामा दुनियॉ चिच्याईरहनु किन पर्यो ?

कसैले उपदेश र दबाब डा. केसीलाई हैन, सरकारलाई दिनुपर्छ। सबैले सरकारलाई नै दबाब दिएर उसलाई दलालहरूको चंगुलबाट मुक्त पारी सही निर्णय लिन अनुकूल वातावरण पनि बनाईदिनुपर्छ। सरकारलाई स्वार्थी आफन्तहरूको घेरा र दबाबका कारणले उसमा चाहना हुँदाहुँदै पनि सही निर्णय लिन नसकिने अवस्था भईरहेको हुन्छ। आफन्तको घेरा तोड्न बाह्य दबाब सरकारका निम्ति पनि अनुकूल परिस्थिति बन्ने गर्छ। कसैले पनि अरू तर्क गर्नु अर्थहीन छ।

समाज छ, अपराध हुन्छ भनेरै कानुन, पुलिस वा प्रशासन चाहिएको हो, तिनलाई अर्बौं खर्चेर पालिएको हो। तिनले तदारूकता साथ काम गरिदिने हो भने अरू आ–आफ्ना काममै ब्यस्त हुने रहने थिए, कामै नपाए जसरी दिनदिनै सडकमा छिनछिनमा सबैलाई कुर्लिन पर्दैन थियो।
मानव समाजमा घटना हुनु कुनै अचम्म छैन। अपराध हुन्छन्, आरोप लागिरहन्छ तर सभ्य कानुनी राजमा सरकार पूर्ण जवाफदेही र उत्तरदायी हुन्छ र सबै कुराले सहज कानुनी बाटो लिन्छ।

अपराध अपराध हो, अपराधी अपराधी नै हो, उ कुनै यो वा उ दलको नेता रहदैन। बस् सहज कानुनी बाटोमा हिड्ने सक्ने पुलिस प्रशासनको खॉचो छ। यति भईदिने हो भने अपराधीले सजाय पाउने मात्र हैन, कानुनी राज छ र पुलिस चुस्त छ भनेरै अपराध पनि स्वात्तै घट्न थाल्नेछ।
अपराध बढ्नुमा सरकारको कार्यशैलीको पनि ठूलो भूमिका हुनेगर्छ। मानिस सरकारमा रहेका नेताहरूका बाचा र कार्यब्यवहार नियालिरहेका हुन्छन्। सरकारले जनताका लागि, मुलुकका लागि, जनहितका लागि काम गरेको छैन, पदाधिकारीहरू आआफ्ना स्वार्थपूर्तिमा कमाउनमा लागेका छन् भन्ने मनमा गढाएर बसेका छन्। सरकार जनताको मनभित्र बस्न सक्षम मानवताबादी नेताहरूको खॉचो रहन्छ। अहिले इतिहासमा सबैभन्दा नराम्रो राजनीतिक अवस्था र नेताहरूको कार्यशैली देखेर जनता वाक्क दिक्क छन्। त्यस्तोमा अनुशासन पालन गराउन सरकारमा नैतिक ताकत रहदैन। डा. गोविन्द केसी र कुलमान तामाङप्रतिको सरकारको ब्यवहारले अहिलेको सरकार र नेपालको विद्यमान राजनीति पुरै अलोकप्रिय र तिब्र आलोचित भएको देखिएको छ।

सरकारलाई सही काम गर्न कसले रोकेको छ ? राम्रो काम गर न हो भन्नका लागि किन कोही घरिघरि अनसन बसिरहनुपर्छ ? कोरोनाको कहर हुदैमा सही काम गर्न कसलाई कसले रोकेको छ वा बाधा दिएको छ र ? राम्रो कामका लागि सत्याग्रह गर्न डा गोविन्द केसी जुनसुकै बेला अनसन बसे पनि त्यो नै समय उत्तम हो। कुरा कतिखेर कुन समयमा अनसन बस्यो त्यो हैन, के मुद्दा हो त्यो हो। सरकारले मुद्दा सम्बोधन गरिदिए को बस्छ र बेफ्वॉकमा अनसन जस्तो कठिन र ज्यान जोखिममा पार्ने काम कसैले ? दुईदिन घरमा बस्न पर्यो भने रडाको मच्चाउने, एक छाक खान नपाउदा रोईलो गर्नेले अनसन बसेर हेरून्, दुईदिनमै नौ नाडी गल्ने छ। त्यसमाथि एउटै बेडमा लमतन्न परेर आज २३ दिन हुदा सम्म बस्नु अधिकाँशका लागि असंभव काम हो। यो कालकोठरी जेल बस्दा भन्दा पनि कठिन कार्य हो ।

त्यसैले कसैले उपदेश र दबाब डा. केसीलाई हैन, सरकारलाई दिनुपर्छ। सबैले सरकारलाई नै दबाब दिएर उसलाई दलालहरूको चंगुलबाट मुक्त पारी सही निर्णय लिन अनुकूल वातावरण पनि बनाईदिनुपर्छ। सरकारलाई स्वार्थी आफन्तहरूको घेरा र दबाबका कारणले उसमा चाहना हुँदाहुँदै पनि सही निर्णय लिन नसकिने अवस्था भईरहेको हुन्छ। आफन्तको घेरा तोड्न बाह्य दबाब सरकारका निम्ति पनि अनुकूल परिस्थिति बन्ने गर्छ। कसैले पनि अरू तर्क गर्नु अर्थहीन छ।

सरकार भनेको संरक्षक र अभिभावक हो, कसैको बपौती वा बिर्ता हैन। जनताको निगरानीमा नबस्ने सरकार सरकार हुदैन, शोषक तथा उपनिवेशक बन्छ। नेपालीले अहिले आफूलाई उपनिवेश बनेको महसुस गर्न थालेको छ। यो खतरनाक संकेत हो।

वि.सं.२०७७ असोज २० मंगलवार १०:२२ मा प्रकाशित

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

संसारमै चक्मा दिने गरी जनयुद्ध (बिचारले उठेको शसस्त्र संघर्ष) को...