back
CTIZAN AD

नेकपा सचिवालय बैठक, किन भएन मन्त्रिपरिषद पुनर्गठनबारे छलफल ?

वि.सं.२०७७ असोज २० मंगलवार

765 

shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा) पार्टी नेकपा सचिवालय बैठकमा सांगठनिक एकता र संवैधानिक नियुक्तिका विषयमा छलफल भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टीको साङ्गठनिक एकीकरण, संवैधानिक राजनीतिक नियुक्ति लगायतबारे छलफल भएको हो ।

उनका अनुसार छलफल भएपनि कुनै पनि विषयमा निर्णय भने भएको छैन् । मंगलबारको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल हुने भनिएपनि त्यसबारे भने कुराकानी नभएको श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले भने,‘आजको बैठकमा मन्त्रिमण्डल पूनर्गठनबारे कुनै छलफल भएन । प्रधानमन्त्रीले यसबारेमा कुनै जानकारी गराउनुभएन । हालै सम्पन्न स्थायी कमिटीको बैठकको निश्कर्ष मन्त्रिमण्डल पूनर्गठन पनि हो ।’

विवादमा देखिएको नियुक्तीको विषयमा दुई अध्यक्षबीच छिट्टै निष्कर्षमा पुग्नेगरि छलफल हुने उनको भनाई छ । उनले भने,‘संगठनात्मक कार्ययोजनाको प्रस्तावबारे यसअघिको सचिवालयको बैठकमा निर्धारित विविधको एजेण्डाबारे आज छलफल भयो । यीलगायत संवैधानिक नियुक्तीको विषय र अन्य विषयमा सामान्य छलफल भयो । छिट्टै अध्यक्ष कमरेडले अरु सबै एजेण्डालाई निश्कर्षमा पुर्याउनुहुनेछ ।’

वि.सं.२०७७ असोज २० मंगलवार २०:२१ मा प्रकाशित

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र छपाइ तथा सूचना प्रणाली व्यवस्थापनको...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...