back
CTIZAN AD

जलविद्युत् कम्पनीका शेयरमा ओइरिए लगानीकर्ता

वि.सं.२०७७ असोज २० मंगलवार

585 

shares

२० असोज । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ४.१७ बिन्दुले वृद्धि भई एक हजार ५८६.२९ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.७६ बिन्दुले बढेर ३१३.२२ मा पुगेको छ । कूल १९५ कम्पनीको ९९ लाख ४९ हजार ३१७ कित्ता शेयर रु दुई अर्ब ५१ करोड ५ लाख ८५ हजार ३३२ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ६ उपसमूहको शेयर उकालो लागेको छ भने ६ उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार ८.१५, विकास बैंक ७.०९, जलविद्युत् ६६.८३, वित्त ६.०३, उत्पादन ४.७७ र अन्य उपसमूहको शेयर २.०८ बिन्दुले उकालो लागेको छ ।

यस्तै बैंकिङ ०.४६, होटल ०.१५, निर्जीबन बीमा ५७.०२, लघुवित्त ९.२९, जीवन बीमा २५.७९ र सामूहिक लगानी कोष ०.०२ ले ओरालो लागेको छ । कारोबारका आधारमा आज सानिमा माइ हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज रु १० करोड ७० लाख ६८ हजार ७१० बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो। यस्तै, नेशनल हाइड्रोपावर रु १० करोड ६ लाख १३ हजार १४२ , अरुण काबेली पावर कम्पनी रु नौ करोड २ लाख ४८ हजार ८४१, अपि पावर कम्पनी रु आठ करोड ९५ लाख ४७ हजार ७९०, अरुण भ्याली हाइड्रोपावर कम्पनी रु आठ करोड ३१ लाख ४८ हजार ५८९, हिमाल दोलखा हाइड्रोपावर रु आठ करोड २७ लाख आठ हजार ५८९ र नेपाल बैंक लिमिटेडको रु सात करोड ९९ लाख ६६ हजार ५७२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आज ङादी ग्रुप अफ पावर, दिव्यश्वरी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, माउण्टेन हाइड्रो र नेपाल फाइनान्सका लगानीकर्ताले समान १०/१० प्रतिशतले कमाए । ती कम्पनीका शेयरमा आज सकारात्मक सर्किट लागेको थियो । यस्तै, रसुवागढी हाइड्रोपावर ९.९५, खानीखोला हाइड्रोपावर ९.९१, कालिका पावर कम्पनी ९.८८, साञ्जेन जलविद्युत् कम्पनी ९.८३ र बरुण हाइड्रोपावरका लगानीकर्ताले ९.८३ प्रतिशतले कमाए । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर ४, एनआरएन लघुवित्त ३.३३, कामना सेवा विकास बैंक ३.१८, एनआइबिएल समृद्धि फण्ड एक ३.०३, कर्णाली डेभलपमेन्ट बैंक २.९९, श्री इन्भेस्टमेन्ट कम्पनी २।६५ र कालिका माइक्रोक्रेडिटका लगानीकर्ताले २.४२ प्रतिशतले गुमाए ।

वि.सं.२०७७ असोज २० मंगलवार २०:०० मा प्रकाशित

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...