२० असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आज बसेको सचिवालय बैठकमा छलफल हुने भनिएका विषयले प्रवेशै पाउन सकेन ।
मंगलबार अपरान्ह बालुवाटारमा आयोजित सचिवालय बैठक अनसनरत डा. गोविन्द केसीकै विषयमा बढी केन्द्रीत रहँदा अन्य विषयले छलफलका लागि प्रवेशै पाउन नसकेको एक सचिवालय सदस्यले बताए ।
आजको बैठकमा मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक नियुक्तीलगायतका विषयमा छलफल हुने कार्यसूची तय भएको भएपनि नेकपाका नेताहरुले डा. केसीको जीवनरक्षा बारे चासो राखेपछि बैठक बढी त्यसैतर्फ केन्द्रीत हुन पुगेको हो ।
बैठकमा प्रधानमन्त्री ओलीले केसीका माग पूरा गर्न सरकारले वार्ता सुरु गरेको जवाफ दिएको ती सचिवालय सदस्यले बताए । ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन लगायतका अन्य एजेण्डाले प्रवेशै नपाएको जानकारी दिएका छन् ।
मन्त्रिपरिषद् पुनर्गठनको विषयमा दुई अध्यक्ष दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड गृहकार्यमै रहेकाले पनि आजको बैठकमा सो विषयले प्रवेश नपाएको उनले बताए । त्यस्तै संवैधानिक तथा राजनीतिक नियुक्तिबारे पनि अर्काे बैठकमा छलफल हुने बताइएको छ ।
फाइल तस्विर
वि.सं.२०७७ असोज २० मंगलवार २०:३१ मा प्रकाशित






























