back
CTIZAN AD

हेर्नुहोस् कस्तो छ त तपाईको आज (बुधबार) को राशिफल ?

वि.सं.२०७७ असोज २१ बुधवार

567 

shares

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । स्वतन्त्र रूपले काम गर्ने वातावरण नमिल्न सक्छ । बोलीको प्रभावले विवाद निम्त्याउन सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ । अध्ययनमा समय दिन नसकिएला ।

बृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ । तापनि प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ । लगनशीलताले नयाँ काम गर्ने अवसरसमेत दिलाउनेछ । बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला । विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ। स्वास्थ्यका लागि खर्च पनि बढ्नेछ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । सुरक्षाका लागि फाइदाका वस्तु त्याग्नुपर्ला । कर्जामार्फत धन र आवश्यकताका वस्तु जुटाउन सकिनेछ । तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला । आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । सरसापटमा गएको रकम फिर्ता लिन समस्या पर्ने देखिन्छ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
श्रमको उच्च मूल्यांकन हुनेछ । पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ । आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ । दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ । आयस्रोत बढ्नुका साथै पछिका लागि पनि सामान्य लगानी गर्न सकिनेछ । कृषि, पशुपालन तथा व्यापारमा मनग्य आयआर्जन हुनेछ । सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ ।

सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
भाग्यवश कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन् । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । तापनि, विगतका कमजोरीमा क्रमशः सुधार आउनेछ । लगनशीलताले उपलब्धि हातलागी हुनेछ । काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ । सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ । चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातपार्न सकिनेछ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । परिस्थितिवश काममा बाधा हुनेछ । तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ । नयाँ काम थाल्न केही समय पर्खनुपर्ला । नियमित कामलाई निरन्तरता दिन सकिनेछ । अवरोध पुर्याउनेहरू सक्रिय रहे पनि शुभचिन्तकहरूले साथ दिने हुँदा काम बन्नेछ । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु

केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्त्याउनेछ । सुझबुझका साथ काम लिन नसक्दा पछि परिएला । शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ । पहिलेका कामबाट सामान्य फाइदा भइरहनेछ । व्यापारमा सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्नेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । नयाँ योजना शुभारम्भ गर्ने समय छ । बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ । शत्रुता साध्नेहरू स्वयं कमजोर हुनाले फाइदा हुनेछ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिस्थिति सोचेजस्तो नहुनाले फाइदा कम हुनेछ । अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुन सक्छ । पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि गुरुजनको सुझाव र सहयोग लाभदायी बन्नेछ । व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ । परिबन्धले काममा बाधा पुर्याउन सक्छ । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ । अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला । बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउनेछ । साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन् । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । परिश्रमअनुसार राम्रो परिणाम प्राप्त हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । मिहिनेत गर्दा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ ।

वि.सं. २०७७ असोज २१ बुधवार (इ.स. २०२० अक्टोबर ७) 
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज (मंगलबार) को राशिफल भन्छ-आज यी राशिकाले विशेष ध्यान दिनुहोला !

वि.सं.२०७७ असोज २१ बुधवार ०८:३३ मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...