back

पोखरामा माघेसङ्क्रान्ति महोत्सव

वि.सं.२०७३ पुस २२ शुक्रवार

522 

shares
GLOBAL IME AD
NTC AD

२२ पुस,पोखरा। माघेसङ्क्रान्तिको अवसरमा राष्ट्रिय परोपकार महासङ्घ, नेपालको आयोजनामा यही पुस २७ गतेदेखि माघ ४ गतेसम्म पोखरामा श्रीमद्भागवत माघेसङ्क्रान्ति महोत्सव हुने भएको छ ।

महोत्सव पोखरा उपमहानगरपालिका– १५, ढुङ्गेसाँघुस्थित परोपकार आश्रममा हुनेछ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष भागवत भाष्कर पण्डित कमलनयन गौतमले असहायको सहयोगका साथै प्रकृति संरक्षणलगायतका विभिन्न अभियानलाई साकार पार्न महोत्सवको आयोजना गरिएको बताउनुभयो ।

प्राचीन कालदेखि माघेसङ्क्रान्तिका अवसरमा प्राकृतिक पुल ढुङ्गेसाँघुमा लाग्ने मेलाको जगेर्ना गर्नु पनि उद्देश्य रहेको बताउँदै उहाँले महोत्सवमा कास्की र आसपासका जिल्लाका भक्तजनको सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो । सङ्घका केन्द्रीय अध्यक्ष्य कृष्णप्रसाद बाँस्तोलाले विभिन्न अभियान सञ्चालन गरी महासङ्घले सामाजिक उत्तरदायित्व बहन गर्दै आएको बताउनुभयो । रासस

वि.सं.२०७३ पुस २२ शुक्रवार ११:१९ मा प्रकाशित

भ्रष्टाचारविरुद्ध अभियान आवश्यक : नारायणकाजी श्रेष्ठ

भ्रष्टाचारविरुद्ध अभियान आवश्यक : नारायणकाजी श्रेष्ठ

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं...

आजको मौसम : पहाडी भू भागमा आंशिक बदली हुने पूर्वानुमान

आजको मौसम : पहाडी भू भागमा आंशिक बदली हुने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको...

बाढीले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

बाढीले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको...

जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सिटिइभिटी

जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सिटिइभिटी

चितवन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले ‘एसइई’मा...

देवचुली पर्यटन पदमार्गको सम्भाव्यता अध्ययन कार्यको शुरुवात

देवचुली पर्यटन पदमार्गको सम्भाव्यता अध्ययन कार्यको शुरुवात

काठमाडौँ । देवचुली नगरको दिर्घकालिन पर्यटन विकास गर्ने उद्देश्यका साथ...

तीन हजारभन्दा बढीले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

तीन हजारभन्दा बढीले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य ह्वात्तै घट्ेको छ...