back
CTIZAN AD

पोखरामा माघेसङ्क्रान्ति महोत्सव

वि.सं.२०७३ पुस २२ शुक्रवार

993 

shares

२२ पुस,पोखरा। माघेसङ्क्रान्तिको अवसरमा राष्ट्रिय परोपकार महासङ्घ, नेपालको आयोजनामा यही पुस २७ गतेदेखि माघ ४ गतेसम्म पोखरामा श्रीमद्भागवत माघेसङ्क्रान्ति महोत्सव हुने भएको छ ।

महोत्सव पोखरा उपमहानगरपालिका– १५, ढुङ्गेसाँघुस्थित परोपकार आश्रममा हुनेछ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष भागवत भाष्कर पण्डित कमलनयन गौतमले असहायको सहयोगका साथै प्रकृति संरक्षणलगायतका विभिन्न अभियानलाई साकार पार्न महोत्सवको आयोजना गरिएको बताउनुभयो ।

प्राचीन कालदेखि माघेसङ्क्रान्तिका अवसरमा प्राकृतिक पुल ढुङ्गेसाँघुमा लाग्ने मेलाको जगेर्ना गर्नु पनि उद्देश्य रहेको बताउँदै उहाँले महोत्सवमा कास्की र आसपासका जिल्लाका भक्तजनको सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो । सङ्घका केन्द्रीय अध्यक्ष्य कृष्णप्रसाद बाँस्तोलाले विभिन्न अभियान सञ्चालन गरी महासङ्घले सामाजिक उत्तरदायित्व बहन गर्दै आएको बताउनुभयो । रासस

वि.सं.२०७३ पुस २२ शुक्रवार ११:१९ मा प्रकाशित

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...