back
CTIZAN AD

साहित्यकार गोविन्द नेपाली सम्मानित

वि.सं.२०७३ पुस २२ शुक्रवार

951 

shares

२२ पुस,काठमाडौँ । साहित्यकार गोविन्द नेपाली (दिनदुःखी)लाई तुलसी चन्द्र स्मृति पुरस्कारबाट सम्मानित गरिएको छ ।

तुलसी चन्द्र स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी र राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले संयुक्त रुपमा उहाँलाई सो पुरस्कार प्रदान गर्नुभयो । पुरस्कारको राशी रु. १५ हजार रहेको छ । नेपालीलाई ‘पचहत्तरकै चिनारी’ नामक कविता सङ्ग्रह गरे वापत सो पुरस्कार प्रदान गरिएको हो ।

साहित्यकार हेमराज पाण्डेद्वारा प्राप्त गरेको लेखकीय पारिश्रमिक, पुरस्कार र पुस्तक बिक्रीबाट प्राप्त गरेको रकमबाट आफ्ना हजुरबुबा तुलसीराम पाण्डे र हजुरआमा चन्द्रकला पाण्डेको स्मृतिमा पहिलोपटक उक्त पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

सो अवसरमा शताब्दी पुरुष जोशीले साहित्यका नेपालीले ७५ वटै जिल्लाको परिचयात्मक विवरणलाई फूलको मालामा उनेर कवितामार्फत जनतामाझ पु¥याउनु नयाँ कीर्तिमान भएको विचार व्यक्त गर्नुभयो ।

उहाँले नेपाली राष्ट्रियता झल्कने खालको खोजमूलक पुस्तकको आवश्यकता भएको बताउँदै केही मात्रामा प्रकाशित भए तापनि त्यो पूर्ण नभएको टिप्पणी गर्नुभयो ।

त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष शर्माले प्रत्येक जात जाति, भाषा संस्कृतिको इतिहास खोज्नुपर्ने भनाइ व्यक्त गर्नुभयो । त्यसैगरी सम्मानित साहित्यकार नेपालीले यस किसिमको सम्मानले आफूलाई हौसला प्राप्त गर्नुका साथै थप कृति प्रकाशन गर्न उत्प्रेरणा मिल्ने विचार व्यक्त गर्नुभयो ।

जुम्लामा जन्मिएका नेपालीले ‘पचहत्तरकै चिनारी’ कविता सङ्ग्रहमा ७५ जिल्लाका इतिहास, भूगोल, किंवदन्ती, स्रोत सम्पदा, संस्कृति रहन–सहनलाई कवितामार्फत प्रस्तुत गर्नुभएको छ । उहाँले हालसम्म चौधवटा कृति प्रकाशित गर्नुभएको छ । रासस

वि.सं.२०७३ पुस २२ शुक्रवार ११:२२ मा प्रकाशित

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...