back
CTIZAN AD

तेक्वान्दो खेल्दै चेपाङ

वि.सं.२०७३ पुस २२ शुक्रवार

837 

shares

 २२ पुस,रत्ननगर (चितवन) । चितवनको विकट गाउँ लोथरका १४ वर्षीय गणेश चेपाङ तीन वर्षअघिसम्म जङ्गलमा घाँस, दाउरा गर्ने, गिठा भ्याकुर र च्याउ खोज्ने गर्थे । जङ्गली गिठा खोजेर नल्याए बेलुकी भोकै सुत्नुपथ्र्याे । तर अहिले उनलाई गिठा खोज्नुपर्ने कुनै बाध्यता छैन ।

अहिले उनी नियमित स्कुल जान्छन्, अनि आफ्नै गाउँमा तेक्वान्दो खेल्छन् । गाउँमै तेक्वान्दो खेल्न पाइन्छ भन्ने उनलाई कुनै आशा थिएन । अहिले उनी अब्बल खेलाडीमा गनिन्छन् । कान्दा डोजो नै दर्ता भएर संस्थागत रुपमै खेल भइरहेको छ ।

“नियमित स्कुल जान्छु, छात्रावासमा बसेर अध्ययन गर्दैछु, गिठा टिप्न पर्दैन, खेल खेल्न थालेको छु” – गणेशले भने । उनीसँगै सन्तबहादुर चेपाङ पनि तेक्वान्दोमा जम्दै छन् । आकार र पुष्पा पनि अब्बल खेलाडी हुन् । उनीहरुका लागि नसोचेको तेक्वान्दो अहिले गाउँमै सिक्न पाएका छन् ।

अहिलेसम्म खेल सिक्दै गरेका उनीहरु अब जिल्लास्तरका प्रतियोगितामा समेत सहभागिताको तयारीमा जुटेका छन् । यसरी गाउँमै संस्थागत रुपमा तेक्वान्दोमा जम्न थालेको चेपाङहरुका लागि पहिलो अनुभव हो । उनीहरुलाई सेकेन्ड डान सुमन दाहालले प्रशिक्षण दिन्छन् ।

उनका अनुसार यही माघ १७ देखि सुरु हुन लागेको जिल्लास्तरीय खेलमा पहिलो पटक भाग लिने तयारीमा चेपाङ खेलाडी रहेका छन् । विकट कान्दाका ६३ जना बालबालिका तेक्वान्दो सिक्दै छन् । उनीहरुमध्ये अधिकांश चेपाङ छन् । केही तामाङ र गुरुङ छन् ।

लोथर गाविसको विकट गाउँ कान्दामा स्थापना भएको कुमार बलराम स्मृति छात्रावासमा बसेर उनीहरु खेल खेल्छन् र अध्ययन गर्छन् ।

विषालु च्याउ खाएर एकै परिवारका आठजनाको मृत्यु भएपछि लक्ष्मी प्रतिष्ठानले कान्दा रुपान्तरण अभियान सुरु गरेको हो । प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमले आफ्ना छोरा कुमार र बलराम गौतमको सवारी दुर्घटनामा निधन भएपछि उनीहरुको सम्झनामा यहाँ कान्दा रुपान्तरण अभियान थाल्नुभएको हो ।

“छोराहरुको सपना साकार पार्न खान नपाएका र शिक्षा नपाएकाहरुलाई माथि उठाउने अभियान हो, विष्णु गौतमले भने– आफू पनि कराँतेको ब्ल्याक बेल्ट भएकाले अहिले चेपाङलाई खेलमा अगाडि बढाउन खोज्दै छु ।” पहिलोपटक जिल्लाको खेलमा जान लागेका चेपाङ खेलाडीलाई तीन, चार वर्षमा अन्तर्राष्ट्रिय खेलमा पठाउने योजना रहेको उनले बताए ।

प्रतिष्ठानले यहाँ अहिले चेपाङको घर निर्माण खाना व्यवस्थापन, आयआर्जन तथा उनीहरुको सामाजिक सचेतनामा अभियान चलाउँदै आएको छ । यहाँ नमुना छात्रावास निर्माण गरेर गाउँका १२३ बालबालिका नियमित स्कुल जान थालेका छन् ।

विसं २०६७ जेठ १४ गते जङ्गली च्याउ खाँदा स्थानीयवासी बाबुराम चेपाङसहित परिवारका आठजनाको ज्यान गएको थियो । त्यसपछि लक्ष्मी प्रतिष्ठानले यहाँ रुपान्तरण अभियान थालेको थियो ।

भोकै र नाङ्गै बस्ने चेपाङ बालबालिका अहिले छात्रावासमा बस्छन्, स्कुल जान थालेका छन्, सीप र प्रतिभा पनि देखाउन थालेका छन् । गाउँका अगुवा चन्द्रबहादुर गुरुङ अहिले गाउँ फेरिएको अनुभव सुनाउँछन् । रासस

वि.सं.२०७३ पुस २२ शुक्रवार ११:२६ मा प्रकाशित

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...