back
CTIZAN AD

काठसहित काठ तस्कर पक्राउ

वि.सं.२०७३ पुस २२ शुक्रवार

846 

shares

२२ पुस,सोलुखुम्बु। दूधकुण्ड नगरपालिका– ५ सोलुखुम्बुका फुर्वा शेर्पालाई जिल्ला वन कार्यालयका अनुगमन टोलीले दुई सय २२ थान काठसहित पक्राउ गरेको हो ।

वन कार्यालयका कर्मचारी नियमित गस्तीमा रहेका बेला आज बिहान करिब– ५ बजे सोलु खोला नजिक तीनजना कामदारले बिना टाँचाका काठ बोकेर लैजाँदै गरेको फेलापारेका थिए । प्राप्त सूचनाको आधारमा छानबिन गर्दा फुर्वा शेर्पाको घरमा थप दुई सय ६ थान काठ बरामद भएको जिल्ला वन अधिकृत मेघराज राईले जानकारी दिनुभयो ।

कार्यालयले बरामद काठ र पक्राउ परेका शेर्पासहितका चार जनालाई सामुदायिक प्रहरीलाई जिम्मा लगाएको छ । तीनजना कामदारले भने आफूहरु ज्यालामा काम गरेको बताएका छन् । फुर्वा भने लामो समयदेखि अवैधरुपले काठ व्यापार गर्दै आएको खुलेको जिल्ला वन कार्यालयले जनाएको छ । रासस

वि.सं.२०७३ पुस २२ शुक्रवार ११:२७ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...