back

गणेश हिमालका कारण पर्यटक आकर्षित

वि.सं.२०७३ पुस २२ शुक्रवार

606 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौँ । गणेश हिमालले धादिङको पर्यटन विकासमा ठूलो सहयोग पुगेको व्यवसायीले बताएका छन् ।

गणेश हिमाल पर्यटन विकास समितिको ‘पाँचाँै वार्षिक साधारण सभा तथा गणेश हिमाल स्मारिका विमोचन’ समारोहका सहभागिले धादिङको पर्यटकको मुख्य आकर्षणको केन्द्रविन्दु गणेश हिमाल र रुवी भ्याली रहेको बताएका हुन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्राकृतिक सम्पदाले धनी देश नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन पर्यटन क्षेत्रको ठूलो महत्व रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालले विकास गर्ने हो भने पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्छ ।”

राज्यमन्त्री बाँनियाले नेपालको पर्यटन क्षेत्रको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नेपालमा भएका प्राकृतिक स्रोतसाधनको सही रुपमा उपयोग गरेमात्र देशले विकासको गति लिने बताउनुभयो ।

धादिङ क्षेत्र नं– १ का सांसद परशुराम तामाङले पूर्वाधारको विकास गर्नसकेमात्र पर्यटनको विकास सम्भव हुने बताउनुभयो । नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्रप्रसाद सापकोटाले लाङटाङ र मनास्लु हिमालको बीचमा रहेको गणेश हिमाल र रुवी भ्यालीको विकासका लागि बोर्डले गर्नसक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

समितिका अध्यक्ष कुलबहादुर गुरुङ, ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्र रिजाल, टानका पूर्वअध्यक्ष रमेश धमलालगायतले धादिङको पर्यटन विकासका लागि सबै व्यावसायी एकजुट हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा रुवी भ्याली मिडिया एम्बासडरमा पर्यटन न्यूज अभियानका सम्पादक शिव श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
सो अवसरमा रमेश धमला, ज्योति अधिकारी, राजेन्द्रप्रसाद सापकोटा, रामेश्वर सापकोटा, ठाकुरराज पाण्डे, पम्फा धमला, आशा गुरुङ, पवन सापकोटा, राजन सिङ्खडा, रुपचन्द्र गुरुङलगायतलाई पर्यटन व्यवसायी सम्मान–२०७३ बाट सम्मान गरिएको थियो । समितिले गणेश हिमालको पर्यटन विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेका विभिन्न सञ्चारमाध्यामका सञ्चारकर्मीलाई समेत सम्मान गरेको थियो । रासस

वि.सं.२०७३ पुस २२ शुक्रवार १०:०८ मा प्रकाशित

सिमसार क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य

सिमसार क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य

बनियानी । झापाको कनकाई नगरपालिका-१ र २ स्थित जामुनखाडी सामुदायिक...

संरक्षणको पर्खाइमा सेकुङ ताल

संरक्षणको पर्खाइमा सेकुङ ताल

मुस्ताङ । यहाँको थासाङ गाउँपालिका–२ स्थित सेकुङ ताल संरक्षणको पर्खाइमा...

ओझेलमा परेको बयली पर्यटकका पर्खाइमा

ओझेलमा परेको बयली पर्यटकका पर्खाइमा

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५ मा रहेको बयली ओझेलमा परेको छ...

खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न ब्याडमिन्टन प्रतियोगिता आयोजना

खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न ब्याडमिन्टन प्रतियोगिता आयोजना

मिक्लाजुङ (पाँचथर) । खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने, आर्थिक गतिविधिमा...

फक्ताङलुङको तापेथोकमा कञ्चनजङ्घा पार्क निर्माण हुने

फक्ताङलुङको तापेथोकमा कञ्चनजङ्घा पार्क निर्माण हुने

ताप्लेजुङ । कञ्चनजङ्घा संरक्षण क्षेत्रको प्रवेशद्वार मानिने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५...

आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै

आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै

ताप्लेजुङ । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा...