back
CTIZAN AD

युवाको भैँसीपालनमा आकर्षण

वि.सं.२०७७ असोज २१ बुधवार

663 

shares

२१ असोज, दमौली । देशभित्रै प्रशस्त अवसर हुँदाहुँदै पनि रोजगारीको सिलसिलामा धेरै युवा विदेशिएका छन् । तर केही त्यस्ता युवा पनि छन्, जो देशभित्रै बसेर कृषि र पशुपालनमा रमाइरहेका छन् ।

त्यस्तै मध्येका एक हुन् तनहुँको व्यास नगरपालिका–५ फुस्रेटारका रवीन्द्र श्रेष्ठ । माध्यमिक तहको पढाइ सकेर श्रेष्ठले भैँसीपालन व्यवसाय शुरु गरेको हो । विदेशमा गर्ने श्रम देशभित्रै गर्न सके मनग्य आम्दानी हुने सोचका साथ श्रेष्ठले मामा भान्जा भैँसी फार्म दर्ता गरेर भैँसीपालन शुरु गरेका छन।

पाँच रोपनी जग्गा खरिद गरेर शुरु भएको भैँसीपालन व्यवसायमा करिब रु २२ लाख लगानी भएको उनले जानकारी दिएका छन। उनको भैँसी फार्ममा हाल १३ भैँसी र नौ पाडापाडी छन् । भैँसीको दानाका लागि श्रेष्ठले घाँसखेतीसमेत गरेका छन । बिहानदेखि नै श्रेष्ठ भैँसीको स्याहारसुसारमा खटिने गर्छन । “केही समय वैदेशिक रोजगारीमा पनि गएँ, तर विदेशमा सन्तुष्टि मिलेन,” उनले भने, “अहिले आफ्नै देशमा व्यवसाय गर्दा आत्मसन्तुष्टि मिलेको छ ।”

दैनिक ४५ लिटर दूध विक्री गर्दै आएका श्रेष्ठले व्यवसायमा थप लगानी गरेर भैँसीफार्मलाई विस्तार गर्ने योजना बनाएका छन । “व्यावसायिक रुपमा नै भैँसीपालनलाई लैजानका लागि थप लगानी गर्दैछु,” उनले भने, “भैँसीपालनलाई नै मुख्य परिचय बनाउने उद्देश्य हो ।” दूध विक्रीबाट सम्पूर्ण खर्च र बैंकको किस्ता तिरेर मासिक रु ३० हजार आम्दानी हुने  उनले जानकारी दिएका छन ।

भैँसीपालनमा नै रमाउनुभएका अर्का युवा हुन व्यास नगरपालिका–१४ का मोहन आले । सोही वडाको निर्वाचित वडा सदस्यसमेत रहेएका आलेले तीन रोपनी क्षेत्रफलमा भैँसीपालन गरिरहेका छन । उनको भैँसीफार्ममा ११ भैँसी रहेका छन् । दैनिक ७५ लिटर दूध विक्री गरेर मासिक रु ५० हजार आम्दानी हुने गरेको उनको भनाइ छ । उनले भैँसीपालनका लागि रु १८ लाख लगानी गरेका छन । “राजनीति सँगसँगै पशुपालन व्यवसायलाई समेत अगाडि बढाएको छु”, उनले भने, “राजनीतिले मात्रै जीवन गुजारा हुँदैन, आम्दानीको स्रोतका लागि व्यवसाय गरेको हूँ ।”

भैँसीपालनसँगै बङ्गुरपाल गर्नुभएका उनले काम गर्न लाज मान्न नहुने बताएका छन । “जनप्रतिनिधि भएर पनि कहाँ भैँसी पालेको भन्छन्, तर मलाई काम गर्न लाज लाग्दैन,” उनले भने, “जनप्रतिनिधि त केही समयका लागि मात्रै हो, यही व्यवसायलाई निरन्तरता दिन्छु ।” भैँसीपालनबाट आत्मसन्तुष्टि मिलेको बताउँदै उनले व्यवसायमा थप लगानी गर्ने योजना रहेको बताएका छन।

विदेश जानुभन्दा पनि स्वदेशमै बसेर व्यवसाय गर्नुपर्ने सुझाव दिँदै उनले भने, “विदेशमा गएर अरुको दास बन्नुभन्दा स्वदेशमै मालिक बन्नुपर्छ ।” दूध विक्रीका लागि बजारको कुनै अभाव नरहेको उनको भनाइ छ । रासस

वि.सं.२०७७ असोज २१ बुधवार १५:५३ मा प्रकाशित

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...