back
CTIZAN AD

नेकपाभित्रको आन्तरिक किचलो, मन्त्रिमण्डल पुर्नगठनमा देखियाे अन्योलता

वि.सं.२०७७ असोज २२ बिहीवार

552 

shares

२२ असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पछिल्लो स्थायी कमिटी बैठकले निर्णय गरेपछि मन्त्रिमन्डल पुनर्गठनको चर्चा सुरु भएको थियो ।

तर, स्थायी कमिटीले प्रस्ताव पारित गरेको तीन साता बितिसक्दा पनि मन्त्रिमन्डल पुनर्गठनको विषयले ठोस आकार लिनसकेको छैन ।

पार्टीको सचिवालय बैठकले स्थायी कमिटीको बैठकको ‘म्यान्डेट’अनुसार मन्त्रिमन्डल पुनर्गठनबारे एउटा बैठकमा छलफल गरेपनि त्यसपछिका बैठकमा छलफलसमेत हुनसकेको छैन । यसले मन्त्रिमन्डल पुनर्गठनमा अन्योल देखिएको छ ।

पार्टीको आन्तरिक एकता सुदृढीकरणका लागि भन्दै भदौ २६ गते सकिएको स्थायी कमिटीको निर्णय र २९ गते जारी गरिएको १५ बुँदे सहमतिपत्रको एक महत्वपूर्ण बुँदा हो, मन्त्रिमन्डल पुनर्गठन ।

स्थायी कमिटीको निर्णय र सहमतिपत्रको म्यान्डेटअनुसार असोज ४ गते पार्टीको सांगठनिक कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकमा मन्त्रिमन्डल पुनर्गठनबारे सैद्धान्तिक र नीतिगत छलफलसमेत भयो । तर, त्यसपछि बसेका सचिवालय बैठकमा पुनर्गठनसम्बन्धी छलफल नै भएन ।

हुन त पछिल्लो स्थायी कमिटी बैठकपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच निरन्तर छलफल भइरहेको छ । अध्यक्षद्वयबीच हुने छलफल प्रायः मन्त्रिमन्डल पुनर्गठनमै केन्द्रित हुने गरेको छ ।

तर, मन्त्रिमन्डल पुनर्गठनसम्बन्धी अध्यक्षद्वयको छलफलले अझै ठोस आकार लिनसकेको छैन ।

असोज ४ गतेको सचिवालय बैठकले मन्त्रिमन्डल पुनर्गठनका लागि सहमति जुटाउन अध्यक्षद्वयलाई जिम्मा दिएपनि त्यसपछिका बैठकमा उहाँहरुले मन्त्रिमन्डल कहिले पुनर्गठन हुन्छ भनेर सचिवालय सदस्यहरुलाई जानकारी गराउनुभएको छैन ।

अध्यक्षद्वयबीच नै सहमति जुट्न नसकेको कारण मन्त्रिमन्डल पुनर्गठन बैठकको एजेन्डा बन्न नसकेको सचिवालयका सदस्यहरुको भनाइले पनि स्पष्ट गर्छ ।

पटक–पटकको छलफलबाट पनि अध्यक्षद्वयबीच सहमति जुट्न नसक्दा मन्त्रिमन्डल पुनर्गठनमा अन्योलता छाएको खबर ईमेज खबरमा छ ।

वि.सं.२०७७ असोज २२ बिहीवार ०७:३७ मा प्रकाशित

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र छपाइ तथा सूचना प्रणाली व्यवस्थापनको...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...