back
CTIZAN AD

दाताको सहयोगपछि झापामा शुरु भयो आँखाको शल्यक्रिया

वि.सं.२०७७ असोज २३ शुक्रवार

813 

shares

२३ असोज, बनियानी । झापाको भद्रपुर–५ स्थित भद्रपुर आँखा उपचार केन्द्रमा आँखाको शल्यक्रिया शुरु गरिएको छ ।

साताको एक पटक प्रत्येक आइतबार मोतियाविन्दुको शल्यक्रिया गरिने उपचार केन्द्रका सचिव प्रदीपमणि रेग्मीले जानकारी दिए । मेची आँखा अस्पताल सङ्घ विर्तामोड शाखाको रुपमा सञ्चालित सो केन्द्रमा रू ५५ लाखको शल्यक्रिया कक्ष र रू ५५ लाखकै लागतमा आवश्यक उपकरण खरिद गरिएको छ । उक्त रकम भद्रपुर निवासी सत्यनारायण सरियाले उपलब्ध गराएका हुन् ।

यसअघि स्व जयनारायण सरियाको स्मृतिमा उहाँका भाइ सत्यनारायण सरियाले नै आँखा उपचार केन्द्रका लागि एक बिघा जग्गा दान दिएका थिए । सोही जग्गामा बनेको आँखा उपचार केन्द्रमा आँखाको परीक्षण गरी हप्तामा एक दिन शल्यक्रिया नै गरिने सचिव रेग्मीले बताए।

केन्द्रमा उपचारका लागि आएका बिरामीको शल्यक्रिया गर्नुपरे त्यसमा लाग्ने खर्चको ५० प्रतिशत रकम दाता सरियाले व्यहोर्ने उनले बताए । रासस

वि.सं.२०७७ असोज २३ शुक्रवार १३:२८ मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...