back
CTIZAN AD

किसानलाई दूध बिक्रीबाट आर्थिक लाभ

वि.सं.२०७७ असोज २३ शुक्रवार

651 

shares

वागमती । नेपाल दुग्ध विकास संस्थान अन्र्तगत हेटौँडा दुग्ध वितरण आयोजनामा दूध बिक्रीबापत विभिन्न जिल्लाका ग्रामीण क्षेत्रका २५ हजारभन्दा बढी किसानले आर्थिक लाभ गरी व्यावसायिक कारोवारमा संलग्न रहेका छन् । आयोजनामा करिब २०० दुग्ध उत्पादक सहकारी संस्थामार्फत २५ हजार दुग्ध किसानको दूध सङ्कलन हुने गरेको र किसानलाई आर्थिक लाभ प्राप्त भएको बताइएको छ ।

ग्रामीण क्षेत्रका दूध उत्पादक किसानले उत्पादन गरेको दूधको उपयुक्त मूल्य दिई बजारको व्यवस्थापन गर्ने तथा गुणस्तरयुक्त दूध तथा दुग्ध पदार्थ सुलभ तरिकाले शहरी क्षेत्रलगायतका उपभोक्ताबीच नियमितरुपले आपूर्ति गर्ने उद्देश्यले आयोजनाको स्थापना भएअनुसार कार्य भइरहेको छ । साथै आयोजनाअन्तर्गत चन्द्रनिगाहपुर, गरुडा, नवलपुर, बरहथवा, हरैया, बसवरिया र सिम्रौनगढमा सात वटा दूध चिस्यान केन्द्रमार्फत दूध सङ्कलन हुँदै आएको छ ।

त्यसका अलावा मकवानपुरलगायत अन्य जिल्लाको दुग्ध उत्पादक सहकारी संस्थामार्फत नियमितरुपमा दूध सङ्कलन गर्ने गरिएको आयोजनाका शाखा अधिकृत ठाकुरदास श्रेष्ठले जानकारी दिए । मौसमअनुसार आयोजनाले दैनिक १० हजार लिटरदेखि ३५ हजार लिटरसम्म दूध सङ्कलन गरी बिक्री वितरण गर्ने गरेको छ । आयोजनाको ६० हजार लिटर दूध भण्डारण गर्ने क्षमता छ । यस आयोजनासँग दही उत्पादन क्षमता तीन हजार लिटर, घ्यू, मख्खन, पनिर उत्पादन क्षमता ५०० केजी प्रतिदिन, ताजा दूध एक हजार ५०० बोतल प्रति सिफट, पेडा ३६० प्याकेट प्रतिदिन र लालमोहन ९०० प्याकेट उत्पादन क्षमता प्रतिदिन रहेको छ ।

आयोजनाको बिक्री वितरण क्षेत्रमा तीन डिस्ट्रीब्यूटर्स, २८ डिलर र १९७ बिक्री बुथमार्फत वीरगञ्ज र नारायणघाट क्षेत्रमा नियमितरुपमा सेवा पु¥याउँदै आएको छ । डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा विसं २०३० वैशाखमा स्थापना भएको उक्त आयोजनाको दूध प्रशोधन क्षमता प्रति घण्टा तीन हजार लिटर रहेको शाखा अधिकृत श्रेष्ठले बताए । आयोजनासँग बढी भएको दूध पाउडर दूधका लागि विराटनगर तथा बालाजु पठाउने गरिएको छ । दुग्ध विकास संस्थानको स्थापना विसं २०२६ साउन १ गते भएको थियो । रासस

वि.सं.२०७७ असोज २३ शुक्रवार १३:३९ मा प्रकाशित

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

कृषिउपजको थोक मूल्य, कुन तरकारीको मूल्य प्रतिकेजी कति ?

कृषिउपजको थोक मूल्य, कुन तरकारीको मूल्य प्रतिकेजी कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य