२३ असोज, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपिएल) मा ५० पटक ५० भन्दा बढि रन बनाउने पहिलो खेलाडी डेविड वार्नर बनेका छन । उनले हिजो किंग्स इलेवन पंजाब विरुद्ध भएको खेलमा यो उपलब्धि हासिल गरेका हुन ।
उनले आईपिएलमा ५० पटक ५० भन्दा बढि रन बनाएका छन । उनले १३२ खेल खेल्दैँ ४६ अर्धसतक र ४ सतक बनाएका हुन । दोस्रो स्थानमा रहेका विराट कोहलीले आईपिएलमा १८२ खेल खेल्दाँ ४२ पटक ५० भन्दा बढि रन बनाएका छ । त्यस क्रममा उनले ३७ अर्धसतक र ५ सतक बनाएका छन ।
त्यसैगरी तेस्रो स्थानमा रहेका सुरेश रैनाले आईपिएलमा ३९ पटक ५० भन्दा बढि रन बनाएका छन । आईपिएलमा उनको नाम ३८ अर्धसतक र १ सतक रहेको छ ।
वि.सं.२०७७ असोज २३ शुक्रवार १३:४९ मा प्रकाशित




























