देख्छु नचाहिने, चुरीफुरी जस्तो ;
अनि हुन्छ मनमा, कुरीकुरी जस्तो ।
साउनको भेल र, बेमौसमी खेती ;
कहाँ हुन्छ दिगो, माना मुरी जस्तो ?
जतै रेटेर झैँ, काट्छन् यो कलेजी ;
तीता वचन छन्, चक्कु छुरी जस्तो ।
योजना अझै छन्, बनेका अचम्मै ;
क्वाप्लाक्क पार्ने, पानीपुरी जस्तो ।
गफैले यो संसार, सम्याउन खोज्छन् ;
गफ पनि कस्तो, हावाहुरी जस्तो ।
फिक्कल, इलाम
वि.सं.२०७७ असोज २४ शनिवार ०९:४७ मा प्रकाशित