back
CTIZAN AD

पूर्व–पश्चिम राजमार्गको मर्मत कार्य अघि बढदै

वि.सं.२०७७ असोज २४ शनिवार

672 

shares

२४असोज, कैलाली । कैलालीको चिसापानी–अत्तरियासम्मको सडकखण्ड मर्मत कार्य अघि बढेको छ । पूर्व–पश्चिम राजमार्गको चिसापानीदेखि अत्तरियासम्मको ७९ किलोमिटर सडकखण्ड ठाउँठाउँमा भत्किएर जीर्ण बन्दै गएपछि सो सडकखण्डको मर्मत कार्य अघि बढेको हो ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरले सो सडक मर्मत कार्य तीन चरणमा गरिरहेको जनाएको छ । बहुवर्षीय ठेक्काअन्तर्गत सो सडक मर्मत कार्य भइरहेको कार्यालयका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले बताएका छन । सो सडक मर्मतको समयावधि चैत मसान्तसम्म रहेको छ । चिसापानी–अत्तरियासम्मको सडक मर्मतका लागि रु १७ करोड बजेट विनियोजन गरिएको जोशीले बताए । चिसापानीदेखि अत्तरियासम्म ठाउँठाउँमा कालोपत्र फुटेर बनेका ठूलठूला खाडलको मर्मत कार्य भइरहेको छ ।

तत्कालीन समयमा १० टनसम्मका सवारी साधनलाई लक्ष्य गर्दै निर्माण गरिएको राजमार्गको सो सडकखण्डमा पछिल्ला वर्षमा १८ देखि २० टनसम्मका मालबाहक गाडी गुड्छन् । क्षमताभन्दा बढी भार थेग्न नसकेका कारण सडक जीर्ण बन्दै गएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी जोशीको भनाइ छ । हरेक चार/पाँच वर्षमा रिसोलिङ गर्नुपर्ने सडक पछिल्लोपटक भने रिसोलिङ नगरिएका कारण पनि सडक बिग्रिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बजेट समयमै नआएका कारण पछिल्लो समयमा रिसोलिङ नगरिएको हो ।

नियमित सडक मर्मत गर्न विसं २०७५ फागुनमा सडक डिभिजन कार्यालय महेन्द्रनगरले तीन वर्षका लागि कालिका जोशी जेभीलाई ठेक्का दिएको थियो । गत चैत पहिलो साता केही स्थानमा मर्मतको काम भए पनि बन्दाबन्दी शुरु भएपछि रोकिएको निर्माण काम अघि बढेको कम्पनीका सञ्चालक गणेश जोशीले बताए । रासस

वि.सं.२०७७ असोज २४ शनिवार १६:५४ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...