back
CTIZAN AD

मुगु जिससद्धारा बार्षिक कार्यक्रमको समिक्षा

वि.सं.२०७७ असोज २५ आइतवार

744 

shares

२५ असोज, काठमाडौं । जिल्ला समन्वय समिति मुगुले स्थानीयतह सहित सरकारी र गैससको आर्थिक बर्ष २०७६\०७७ को बार्षिक आय\ब्ययको समिक्षा गरेको छ ।

कोरोना महामारीका कारण गत साउनमा हुन नसकेको बार्षिक आयब्ययको समिक्षा लडकाउन खुले पश्चात समन्वय समितिले सरकारी तथा गैसस कार्यालयको गत चालु आर्थिक बर्षको प्रगति र बजेट खर्च बारे तीनदिन सम्म समितिको हलमा समिक्षा गरेको हो ।

उक्त समिक्षा कार्यक्रममा छायाँनाथ रारा नगरपालिका, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकाले आफनो गत चालु आर्थिक बर्षमा संचालित कार्यक्रमको प्रगति र बजेट खर्च बारे विवरण प्रस्तुत गरेका थिए ।

सोरु गाउँपालिका भने समिक्षामा सहभागी हुन सकेन । अख्तियारको टोलीले कार्यालयमा छापा मारेको हुँदा सोरु गाउँपालिका समिक्षा कार्यक्रममा सहभागी हुन नसकेको बुझिएको छ ।

जिल्लाको चारवटा स्थानीयतहमध्ये तीन वटाले प्रस्तुतीकरण गरेको र त्यसमध्ये मुगुम कार्मारोङको संचालित कार्यक्रम र बजेट खर्च उत्कृष्ट देखिएको जिल्ला समन्वय समितिले जनाएको छ । बुधबार सुरु गरिएको समिक्षा कार्यक्रम शुक्रबार साँझ सम्पन्न भएको थियो ।

प्रदेश अन्र्तगतका ८ वटा कृृषि, बन, पूर्बाधार, सिचाई, पशु र जिल्ला स्वास्थ्य कार्यालयले पनि गतचालु आर्थिक बर्षको प्रगति र खर्च बजेट बार प्रस्तुत गरेका छन् ।

समिक्षा कार्यक्रममा सहभागी प्रदेश अन्र्तगतका सरकारी कार्यालयमा बजेट धेरै प्रगति न्यून नदेखिएको जिल्ला नागरिक समाजका अध्यक्ष रुपबहादुर मल्लले बताए ।

टुक्रे योजनाले बजेट खर्च भएको र प्रगति खासै नभएको उनको भनाई छ । आगामी दिनमा सरकारी कार्यालयले आफना संचालित कार्यक्रम सुधार गरि लैजानु पर्ने जिल्ला नागरिक समाज अध्यक्ष मल्लले सुझाव दिएका छन् ।

 

त्यस्तै संघीय तर्फका ५ वटा कार्यालय पनि आफनो बार्षिक प्रगति प्रस्तुत गरेका थिए । जिल्लामा कार्यरत १५ वटा गैरसरकारी कार्यालय समिक्षा सहभागी भएको समन्वय अधिकारी भिमराज सेजुवालले जानकारी दिए ।

गैससको प्रस्तुतिकरणमा जलबायू परिर्वतन, खाद्य सुरक्षा, पुख्र्यौली बाली संरक्षण, शिक्षा, स्वास्थ्य, पुर्बाधार जनचेतना र कोरोना लक्षित कार्यक्रमलाई प्राथमिकता दिएर बजेट खर्च गरेको देखिएको समन्वय अधिकारी सेजुवालको भनाई छ ।

किर्डाक नेपाल, आरसिडिसी, हेरेडेक, हेरिस्डेक, रेडक्रस संस्थाको कार्यक्रम र प्रस्तुतिकरण उत्कृष्ट देखिएको समन्वय जिल्ला नागरिक समाजका अध्यक्ष रुपबहादुर मल्लको भनाई छ । समिक्षा कार्यक्रममा सहभागी भई उत्कृष्ट कार्यक्रम प्रस्तुत गर्ने संघ संस्था सरकारी कार्यालय र स्थानीयतहलाई जिससले प्रशंसा पत्रदिनु पर्ने र सहभागी नहुने निकायलाई स्पष्टीकरण सोध्नुपर्ने नागरिक समाजका अध्यक्ष मल्ल बताउँछन् ।

आगामी दिनमा गैससका कार्यक्रमलाई अझ प्रभावकारी ढंगले अघि बढाउन समिक्षा कार्यक्रममा सहभागी दल\प्रतिनिधि, नागरिक समाज\संचारकर्मी र अन्य सहभागीले सुझाव दिएका छन ।

 

बार्षिक समिक्षा कार्यक्रममा सहभागी निकायले कमी कमजोरी सुधार गर्ने, समयमै बजेट कार्यन्वयन गर्ने प्रतिबद्धता,जाहेर गरेको जिल्ला समन्वय समितिका संयोजक पूर्णबहादुर रोकायाको भनाई छ । यस समन्वय समितिले हरेक बर्ष बार्षिक समिक्षा कार्यक्रम गर्दै आएकोमा यो पटक कोरोनाले ढिलो हुनगएको संयाजक रोकायाको भनाई छ ।

बार्षिक समिक्षा कार्यक्रमले सरकारी तथा गैसस, स्थानीयतहको बार्षिक प्रगति र बजेट सर्बसाधारणलाई स्पष्ट थाहाहुने मौका मिलेको संयोजकले बताए ।
संघीय सांसद गोपाल बमले पानसमा बत्ती बालेर बार्षिक समिक्षा कार्यक्रमको उदघाटन गरेका थिए भने भूपु शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले ब्यानर पढेर कार्यक्रम उदघाटन गरेका थिए ।

 

वि.सं.२०७७ असोज २५ आइतवार ०९:१६ मा प्रकाशित

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

मान्म (कालीकोट) । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

सिमकोट (हुम्ला) । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा...

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

सिमकोट (हुम्ला) । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको...