back
CTIZAN AD

आजदेखि सिभिल लघुवित्तको ८९ हजार कित्ता शेयर लिलाममा

वि.सं.२०७७ असोज २५ आइतवार

612 

shares

२५ असोज, काठमाडौं । सिभिल लघुवित्त ले आज असोज २५ गते हकप्रदमा अवितरित शेयर लिलाम बिक्रि खुला गरेको छ । लघुवित्तले हकप्रदमा अवितरित ८९ हजार ४ सय ५० कित्ता शेयर लिलाम गर्न लागेको हो ।

जस मध्ये ११ हजार ६ सय ८ कित्ता संस्थापक समुहको रहेको छ भने बाँकि ७७ हजार ८ सय ४२ कित्ता सर्वसाधारण समुहको रहेको छ । यी शेयरमा कार्तिक २ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

शेयर लिलाम प्रक्रियाको लागि सेन्चुरी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । इच्छुक लगानीकर्ताले सेन्चुरी क्यापिटलको कार्यालय कमलादी र सेन्चुरी कमर्शियल बैंकका बिराटनगर, बिरगंज, बुटवल, पोखरा, नेपालगंज, विरेन्द्रनगर, धनगढी, बिर्तामोड, जनकपुर, हेटौडा, नारायणघाट, घोराही , बाग्लुङ र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिने छ । संस्थापक शेयरको हकमा न्युनतम १ हजार कित्ताको लागि सर्बसाधारण शेयरको हकमा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ ।

साउन २५ गतेदेखि कम्पनीले १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने ११ करोड ४१ लाख १४ हजार बराबरको ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी एघार करोड एकचालिस लाख चौध हजार रहेको छ ।

यस हकप्रद शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात लघुवित्त वित्तीय संस्थाको चुक्ता पूँजी बाइस करोड बयासि लाख अठ्ठाइस हजार पुग्ने छ।

वि.सं.२०७७ असोज २५ आइतवार ११:३२ मा प्रकाशित

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...