२३ पुस, झापा । प्रेमवादको २०१७ सालको दुःखहरुण पुजा दमक झापामा सम्पन्न गरिएको छ । नयाँ वर्ष सुरुवातको पहिलो दिनमा हुने उक्त दुःख हरण पूजा उपराष्ट्रपति नन्द बहादुर पुनको प्रंमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो ।
दुःख हरण पुजामा नेपालको विषेश गरि पूर्बीय भागबाट १ (एक) लाखको हाराहारीमा प्रेमवादी यात्रीहरको उपस्थिति थियो भने विविन्न देशबाट प्रतिनिधिहरुले सहभागिता जनाउनुभएको थियो । कार्यक्रममा गुरु ऊँनन्दज्यूबाट लिखित अँग्रेजी किताब बिमोचन गर्दै्र प्रमुख अतिथिज्यूले प्रेमवादले उठाएका अभियानहरु विश्व शान्तिको लागि भनेर मैले बुझेको छु भन्नुभयो । थपमा, प्रेमवादले संस्कार र धर्मगत रुपमा पछि पारीएका छोरीचेलीहरुको न्यायिक उद्धार गरेको, संस्कारमा सुधार ल्याएको, अनाथ र बृद्धाहरुको लागि लभिङहोम नामले अनाथलयहरु सन्चालन गरेको अनि सर्वधर्मको सिद्धान्त लिएको कुरा श्रहानिय छ भन्नु भयो । प्रेम नै धर्मदर्शनहरुका सार हो अतः प्रेमवादले अघि सारेका मुद्धा प्रशँसनिय रहेको जनाउनु भयो ।
प्रेमवादका दार्शनिक गुरु ऊँनन्दबाट सदाझैँ बिहान ५ बजे र ७ मिनेटमा मुख्य दियो बाल्नु भई पुजाको शुभारम्भ गर्नुभएको थियो । वहाँबाट पुजामा सारा चराचर जगतको लागि कल्याणार्थ र मँगलार्थ पुजा र प्रार्थना गर्नुभएको थियो । साना कमिला अनि किरा पट्याँग्रादेखी लिएर सारा मानव जन र पशुपँक्षि प्राणीको उद्धार र मँगल होस् भनि वहाँबाट ईश्वरप्रति पुकार गुन्जिएको थियो ।
कार्यक्रममा गायत्री मन्त्र, बुद्धिस्ट मन्त्र, इस्लाम मन्त्र लगायत अरु विविन्न किसिम्को भजनहरु गुन्जिरहेको थियो । पुजाको मुख्य केन्द्र निहिनमा धेरै सम्प्रदायका गुरुहरु मिलेर आफ्नो आफ्नो शास्त्रहरु पढिरहेको देखिन्थे ः पण्डितहरु, लामाहरु, किरात धर्म सेवासाभाहरु, इस्लामका पादरीहरु, जापानीज ननहरु लगायत ब्रम्हाकुमारी, कृष्ण प्रणामी आदि गुरुहरुबाट निरन्तर आआफ्नो शास्त्रहरुको वाचन भइरहेको सुनिन्थे ।
गुरु ऊँनन्दज्यूको मुख्य पुजा पछिको भगवानको सर्बव्यपक्तालाई सरल भाषामा बुझाउदै उठाउनुभएका केहि थप बुँदाहरु,
१. प्रेमवाद दर्शनले सवै धर्मलाई आफ्नै धर्मको रुपमा हेर्छ ।
२. पशुप्राणीको बलि प्रथा ईश्वर वा पूर्खाहरुको चाहाना हैन । बलि गर्नु महापाप पनि हो ।
३. सवै भन्दा मान्छेको दुष्मन, शैतान नभएर आफ्नै अहँकार हो । अहँकारलाई दवाउन साँचो प्रेम चाहिन्छ । साँचो प्रेमले अहँकार, रीस, दुष्मणभाव आदिलाई हिउलाई घामले पग्लाए सरी पगाल्छ ।
४. प्रेमवादले सेवाको मार्गलाई विषेश स्थान दिएको छ ।
५. सवैको मँगल नै प्रेमवाद हो ।
अन्तिम सन्देशमा, आज जति आरोप लाञ्छनाहरु केहि मान्छेहरु रच्छन् त्यतिनै इतिहास बन्दै गरेको उल्लेख गर्नुभयो । संस्कार संस्कृतिकै चिन्ता थियो भने यो कुरा सवैलाई थाहा होस् कि प्रेमवादको दर्शनले सवैको संस्कारलाई सम्मान गर्दै आएको छ र गर्छ । अर्को कुरा कथमकदाचित संस्कार मेटिन्दै गरेको महषुश भएको हो भने आउनुहोस् संस्कारका कुराहरुलाई मिलाएर जाउँ भनेर आह्वान गर्दागर्दै पनि ध्यान नदिएर पछाडि रहेर आरोप र लाञ्छना लाउनुको पछाडी संस्कारको चिन्ता हुँदैहैन बरु राजनीति उद्धेश्य सँगै अरु नै उद्धेश्य लुकेको जनाउनु भयो । यसको प्लानीङ सिक्किमबाट भएको अनि कसले गरेको भन्ने कुरा सवै छर्लङगै छ, सवै इतिहास बन्दैछ । भगवान दुद्धको दर्शनलाई सखाप पार्नको लागि पनि कहिँ कतै राजाहरु नै लागि परेको थियो भनि स्मरण गराउनु भयो । जस्ले जस्तो पछाडी बाट प्लानिङ गर्दैछ त्यो थाहा छैन भन्दै कोहिहरु बसिरहेको छ तर त्यो कुरा हिमालको हिँउ झै छर्लङगै छ, अनि हरेक कुराको अभिलेख तयार हुँदैछ । आफु शक्तिमा हुँदैमा सवैकुरा गर्न सक्छु भन्नेहरुले यो सोच्नुपर्छ कि हरेक मान्छे अजम्बरी हैन । प्रेमवाद दर्शन सिक्किममा रोक्न खोजेर र सिक्किमबाट पैसा पेलेर कहाँ सम्म रोक्न सकिन्छ ? यस्को पनि ईतिहास बन्दैछ । हामी नजिकबाट हेर्दै जाउँ यो खाल्को लाञ्छना कहिले सम्म अघि बढ्छ भनेर श्रदालुजनहरुलाई गुरु ऊँनन्दले आग्रह पनि गर्नुभयो । यात्रीहरुलाई विभिन्न किसिमले दुःख दिने काम गर्र्दै गरेको कुरा पनि कहिँ लुकेको छैन आदि कुराहरु गुरु ऊँनन्दले लाखौँ श्रदालुजनहरुको माझ जनाउनुभयो । यी कुराहरु जनाईराख्दा ठुलो आवाजमा तालीको गडगडाहड सुनिन्थ्यो ।
तर जतिसुकै जसले जे भनेपनि, सत्यको लागि अघि बढिरहने बचनका साथ, वहाँले भन्नुभयो । कसैकसैले प्रेमवादले कहिँ कतै ढुँगाले प्रहार गरेको भनेर पनि लाञ्छना बुन्न भ्याएको कुरा जनाउनुभयो । प्रेमवादलाई नराम्रो देखाउने नियतले सयौँ षडयन्त्र मध्यको यो एक हो । प्रेमवादले यदि त्यस्तो गर्नु थियो भने अहिले सम्म असत्य आरोप र झुटा लाञ्छना लाउन थालिएको त बषौँ भयो, प्रेमवादले के हेरी बस्थ्यो होला ? भनेर प्रश्न उठाउनु भयो । खराब र झुुटा नियतका मान्छेहरुको दुष्मणी धेरै हुन सक्छ सो अरुबाट त्यस्तो भएको हुन सक्छ तर अरुको गल्तिमा प्रेमवादलाई जसले प्रेमले बाँच्नुपर्छ, हरेक समय क्षमाको भावना राख्नु पर्छ भन्ने दर्शनलाई मुछाउनु कस्तो नियत हो ? प्रश्न उठाउनुभयो । अन्तमा गुरु ऊँ नन्दले यो भन्नु भयो कि म एक प्रेमवादी योद्धा हो, अनि मलाई प्रेमको समाज निर्माण गर्नुपर्छ भनेर अघि बढ्दा कसैले गोली हानेपनि त्यो ब्यक्तिलाई जेल सजाय वा अन्य सजायहरु कहिल्यै नदिनु भनेर लाखौको सँख्यमा उपस्थित आफ्नो श्रदालुजनहरुलाई अनुरोध गर्नुभयो ।
ऊँनन्द गुरुज्यूको अन्तिम बाणी कवितात्मक लयमा पेश भएको थियो :
प्रेमले संसारै ढाकोस्, प्रेमकै कुरा होस् जताततै
समाज प्रेमकै निर्माण होस्, दुष्टभाव नहोस् कहिँ कतै
चारैतिर खुशिको फुल फुलोस्, नहोस् कसैलाई दुःख पीर
प्रेमको झण्डा फरफरिई, मुल फुटोस् शान्तिको, सवैतिर ।
प्रेमकै कानले सुन्न संकु, प्रेमकै आँखाले देख्न सँकु
प्रेमकै पाइला चाल्न संकु, प्रेमकै बोली बोल्न संकु
लोभ पाप दुष्टभावलाई, पे्रमकै भावले मेट्न संकु
प्रेम कै पूजाको प्रशाद बनी, बाँकि जीवन जिउन सँकु ।
प्रेममा कसैको न जित छ, प्रेममा न कसैको हार
प्रेम नै सव धर्मको सार, प्रेम नै हो जीवनको आधार
प्रेमको फुल फुल्दछ जहाँ जहाँ, शान्ति फक्रिन्छ त्याहाँ, त्याहाँ
प्रेम नै हो मार्ग मुक्तिको, पे्रम नै हो बाटो भगवान कहाँ ।
अन्तमा फेरी सारा धर्मको शास्त्र उच्चारणका साथ दुःखहरण पुजा समाप्त भएको थियो ।
वि.सं.२०७३ पुस २३ शनिवार ०४:४५ मा प्रकाशित


































