२५ असोज, काठमाडौं । नेपालमा आज १५५२ जनाले कोरोना जितेर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १५५१ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका १५५२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७५ हजार ४०४ पुगेको छ ।
हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ६,६१८, प्रदेश २ मा १४,९८३, बागमती प्रदेशमा २८,३०७, गण्डकी प्रदेशमा ४,१९७, प्रदेश नं ५ मा १०,७२४, कर्णाली प्रदेशमा ३,४४३ र सुदूरपश्चिम प्रदेशमा ७,५३२ जना गरी हालसम्म जम्मा ७५ हजार ४०४ जना निको भएका हुन् ।
आज १२२९ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या ७४ हजार नाघ्यो
वि.सं.२०७७ असोज २५ आइतवार १७:१७ मा प्रकाशित






























