back
CTIZAN AD

अब विच्याटमार्फत भुक्तानी गर्न सकिने

वि.सं.२०७७ असोज २५ आइतवार

684 

shares

२५ असोज, काठमाडौं। एनएमबि बैंकले विच्याट भुक्तानी सेवा प्रदान गर्ने भएको छ । यसका लागि एनएमबि बैंकले चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिङ लिमिटेडसँग सम्झौता गरेको छ। यो सम्झौतापछि नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले विच्याटमार्फत सहज रुपमा नेपालमा खरिद गरेको वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नेछन्।

एनएमबि बैंक विच्याट भुक्तानी सेवा प्रदान गर्ने देशको पहिलो र एकमात्र बैंक भएको विज्ञप्तिमार्फत दाबी गरिएको छ। ‘१।१७ अर्बभन्दा बढी मासिक प्रयोगकर्ताहरू रहेको संसारकै सबैभन्दा प्रभावकारी भुक्तानी प्रणाली सेवा विच्याट भुक्तानी प्रणाली संचालनका लागि टेन्सेन्ट होल्डिङ्स् लिमिटेडसँग प्रत्यक्ष साझेदारी गर्ने नेपालको पहिलो बैंक हुन पाउँदा अत्यन्त गौरवान्वित महसुस गरेका छौं,’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

देशको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्न सक्ने चिनियाँ पर्यटकहरुलाई विच्याटको सुविधा प्रदान गर्न सक्षम भएको बैंकले जनाएको छ। यसबाट चिनियाँ पर्यटकहरुले सामना गरेको मुद्रा विनिमयको समस्यालाई सहज बनाउने विश्वास बैंकले गरेको छ।

चिनियाँ पर्यटकहरुले नेपालमा बस्तु तथा सेवामा गर्ने खर्चलाई बढाउन र नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या वृद्धि गर्न समेत सहयोग पुग्ने बैंकले जनाएको छ।

बैंकका अनुसार यसबाट देशको विदेशी मुद्राको संचिति बढाउन समेत सहयोग पुग्नेछ। विच्याट भुक्तानी प्रणालीको नेपालमा सहज उपलब्धताले साना तथा मझौला व्यवसायीहरुलाई विदेशी मुद्रा कारोबारको हिसाब मिलान व्यवस्थापन गर्न सहज हुने बैंकले दाबी गरेको छ।

वि.सं.२०७७ असोज २५ आइतवार १९:२९ मा प्रकाशित

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...