back
CTIZAN AD

चीन तर्फका सीमाबारे सत्यतथ्य सार्वजनिक गरियोस् : भीम रावल

वि.सं.२०७७ असोज २६ सोमवार

765 

shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले नेपाल–चीन सीमाबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । उनले विवाद उठेका सबै ठाउँका सीमाबारे आवश्यक अध्ययन गरि सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग राखेका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत नेता रावलले देशको अखण्डतासँग जोडिएको विषय उठेकोले टुंगो लगाउनुपर्ने बताए । उनले भने, ‘हुम्लाको नाम्खा गा।पा।, लिमी लोलुङजङमा नेपाल र चीनको सीमासम्बन्धमा नापी विभाग, परराष्ट्र मन्त्रालय लगायत सरकारका आवश्यक कर्मचारीलाई सामेल गरी स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गरियोस् ।देशको भौगोलिक अखण्डतासंग जोडिएको विषय उठिसकेपछि वस्तुगत किसिमले टुंगो लगाइयोस् ।’

पछिल्लो समय हुम्लासहित देशका विभिन्न भागमा उत्तर तर्फका सीमा मिचिएको बारे केहि तथ्यहरु सार्वजनिक भएका थिए । जसबारे आवश्यक अध्ययन गर्न पनि माग उठेको छ ।

तर, सरकारले भने नेपाल–चीन सीमा क्षेत्रमा कुनै समस्या नभएको बताईरहेको छ । हुम्लाको नाम्खाबारे विवाद आएसँगै सरकारले उक्त क्षेत्र चीनको नै भएको बताएको थियो ।

वि.सं.२०७७ असोज २६ सोमवार १२:४३ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...