२६ असोज, काठमाडौं। तनहुँ जिल्लाका प्रहरीले जिल्लाका विभिन्न स्थानबाट विभिन्न मुद्दामा फरार रहेका २६ जना फरार प्रतिवादीहरुलाई आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बन मुद्दामा जिल्ला अदालतबाट ५ महिना २६ दिन कैद र ३८ हजार २ सय २० रुपैयाँ जरिवाना ठहर भई विगत ९ वर्षदेखि फरार रिसिङ गाउँपालिका-५ पिपलटारका कुल बहादुर दरै, बन मुद्दामै फरार अर्का २ जना, सम्बन्ध बिच्छेद मुद्दामा फरार ४ जना, नाता कायम मुद्दामा फरार, गाली बेईज्यती मुद्दामा, लुटपिट मुद्दामा , करकाप मुद्दामा, जालसाजी मुद्दामा, लागूऔषध मुद्दामा फरार दुईदुई जना, जारी मुद्दामा फरार,कुलोपानी मुद्दामा, मानसिक तथा शारिरिक हिंसा मुद्दा,सवारी ज्यान मुद्दामा फरार एकएक जना गरी जम्मा २६ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका सबैलाई तोकिएको जरिवाना तथा कैद भुक्तानको लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाकारी दिएको छ ।
वि.सं.२०७७ असोज २६ सोमवार १२:५५ मा प्रकाशित





























