back
CTIZAN AD

गाउँपालिकाका अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएपछि पर्वतको जलजला गाउँपालिकाको सेवा बन्द

वि.सं.२०७७ असोज २८ बुधवार

594 

shares

२८ असोज, पर्वत । पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण० लाई कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै सेवा बन्द गरिएको छ । अध्यक्ष मल्ललाई सङ्क्रमण पुष्टि भएपछि आजदेखि पालिकाको कार्यालय र वडा कार्यालयका सबै सेवा बन्द गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले विज्ञप्ति प्रकाशित गर्दै कन्ट्याक्ट ट्रेसिङको परिणाम नआएसम्मका लागि बन्द गरिएको जानकारी दिए ।

विज्ञप्तिमा पालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सम्पर्कमा आएका सबैलाई सुरक्षितरूपमा होम आइसोलेसनमा बस्न शर्माले आग्रह गरेका छन । अध्यक्ष मल्लको सम्पर्कमा रहेका परिवारका सदस्य, जनप्रतिनिधि, कर्मचारी, अन्य व्यक्तिको परीक्षण गरिने भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा अध्यक्ष मल्ललाई मङ्गलबार सङ्क्रमण पुष्टि भएको हो । अध्यक्ष मल्लको पोखराको चरक अस्तपालमा रहेको आइसोलेनसनमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

नेपाली काँग्रेस पर्वतका कोषाध्यक्षसमेत रहेका मल्लमा कोरोना पुष्टि भएपछि काँग्रेसले पर्वतले विज्ञप्ति प्रकाशित गरेर स्वास्थ्यलाभको कामना गरेको छ । जिल्ला सभापति खिमप्रसाद भुसालले कोरोना नियन्त्रणमा अहोरात्र खटिरहेको बेला सङ्क्रमण पुष्टि भएको भन्दै स्वास्थ्यलाभको कामना गरेका छन ।

वि.सं.२०७७ असोज २८ बुधवार १०:१६ मा प्रकाशित

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...