back
CTIZAN AD

‘विश्वकै सबैभन्दा ठूलो’ गुलाबी हिरा लिलामीमा

वि.सं.२०७७ असोज २८ बुधवार

639 

shares

२८ असोज । विश्वको सबैभन्दा ठूलो उज्ज्वल बैजनी (गुलाबी) हिरा बेच्न आगामी नोभेम्बर ११ मा लिलाम प्रक्रियामार्फत् आगामी नोभेम्बर ११ मा बेचिने भएको छ ।

रूसको सोतेबीको जेनेभा मग्निफिसन्ट ज्वेल्स् र नोबल ज्वेल्स्ले यसबारे सञ्चारमाध्यमलाई जानकारी गराएका हुन् ।

‘गुलावको आत्मा (द स्प्रिट अफ द रोज)’ नाम दिइएको उक्त १४।८३ क्यारेटको हिराको मूल्य २ करोड ३० लाखदेखि ३ करोड ८० लाख अमेरिकी डलर पर्ने अनुमान गरिएको अमेरिकी पाक्षिक पत्रिका फोब्र्सले जनाएको छ ।

लिलामीका लागि राखिएको उक्त रत्न विश्वभर पाइने अन्य बहुमूल्य धातुको दुई प्रतिशत मात्रै रहेको अनुमान गरिएको छ ।

“यो बिक्री एलोरोसा र सोथेबीबीच लामो समयसम्मको सम्बन्धको परिणाम हो, यस उत्कृष्ट धातुको बारेमा धेरै महिनासम्म छलफल भएको थियो र छलफलले यसलाई बिक्रीको लागि प्रस्ताव गर्ने उत्तम तरिका भएको निश्कर्ष निकालेको थियो,” विशेषज्ञ र सोथेबीको ज्वेलरी विभागका निर्देशक तथा ज्वेल्स बिक्री प्रमुख बेनोइट रिपेलिनलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गोलाकार आकारको उक्त मणि २७।८५ क्यारेटको स्पष्ट गुलाबी डायमण्डले बनेको छ । रूसको उत्तरी पूर्वी साखा गणतन्त्रमा रूसी खनिज कम्पनी अलरोसाको स्वामित्वमा रहेको खानीमा भेटिएको थियो । हीरालाई सेर्गेई डायागिलेभले निर्माण गरेपछि ‘द स्पिरिट अफ द रोज’ नाम दिइएको थियो भने सन् १९११ को अप्रिल १९ मा पहिलो पटक सार्वजनिक गरिएको थियो ।

वि.सं.२०७७ असोज २८ बुधवार १०:०५ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...