२८ असोज, काठममडौँ । हिजो भएको खेलमा चेन्नाई सुपर किंग्सले सनराइजर्स हैदरावादलाई २० रनले पराजित गदैँ आईपिएलमा आफ्नो तेस्रो जित निकालेको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो । चेन्नाईका लागि ब्याटिङ्गमा शेन वाट्सनले सर्वाधिक ४२ रन बनाएका थिए भने हैदरावादका लागि बलिङ्गमा सन्दिप शर्मा, खलिल अहमद र टि नटराजनले सर्वाधिक २/२ विकेट लिएका थिए ।
१६८ रनको विशाल लक्ष्य पछाएको हैदरावदाले २० ओभरमा ८ विकेट गुमाएर १४७ रन मात्र बनाएको थियो । ब्याटिङ्गमा हैदरावादका लागि केन विलियमसनले ५७ रनको पारी खेले पनि टिमलाई जित भने दिलाउन सकेन्न । चेन्नाईका लागि कर्ण शर्मा र डुवेन ब्राबाले उत्कृष्ट बलिङ्ग गदैँ २/२ विकेट लिएका थिए ।
वि.सं.२०७७ असोज २८ बुधवार ०९:३७ मा प्रकाशित



























