back
CTIZAN AD

मुसलधारे वर्षाका कारण दक्षिण भारतमा कम्तीमा ३० व्यक्तिको मृत्यु

वि.सं.२०७७ असोज २९ बिहीवार

807 

shares

२९ असोज । दक्षिण भारतमा एक्कासी परेको मुसलधारे वर्षा र बाढीका कारण कम्तीमा ३० व्यक्तिको मृत्यु भएको भारतीय अधिकारीले बिहीबार जानकारी गराएका छन् ।

भारतका ठूला प्रविधि कम्पनीहरूको केन्द्र सहर हैदरावादमा वर्षाका कारण बाढी तथा डुबान भई एउटा पर्खाल भत्किँदा कम्तीमा नौ जना र १० जना अन्य व्यक्तिको करेन्ट लागेर मृत्यु भएको स्थानीय अधिकारीले बताए ।

भारतीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत् बुधबार सार्वजनिक दृष्यहरूमा बाढीले कार तथा हल्का खालका सवारी साधन बाढीले बढेका नदीहरूमा बगिरहेको तथा सडक छेउमा तैरिएर बसेको देखाइएको छ ।

बाढीमा बगेका तथा डुबेका विश्वास गरिएका आठमध्ये दुई मृत भेटिएका र छ अझै वेपत्ता रहेको टाइम्स अफ इन्डियाले समाचारमा उल्लेख गरेको छ ।

बाढी तथा डुबानमा परी अलपत्र परेका व्यक्तिहरूको खोजीका लागि राष्ट्रिय विपद् व्यवस्थापन बल तथा प्रहरी र सेना विभिन्न स्थानहरूमा तैनाद गरिएको छ ।

बङ्गालको खाडीमा एक्कासी आएका तरङ्गहरूका कारण अनपेक्षित घटना हुन पुगेको मौसमविद्हरूले बताएका छन् ।

वर्षाका कारण सबैभन्दा बढी तेलङ्गना राज्य प्रभावित भएको छ भने मुसलधारे पानीको असर आन्ध्रा प्रदेश र कर्नाटकमा समेत परेको छ ।

भारतमा बाढी तथा डुबानमा परी वर्षेनी सयौँ मानिसले ज्यान गुमाउने गरेका छन् । विज्ञहरूले वर्षाका कारण हुने मृत्युलाई कमजोर संरचना र मौसमसम्बन्धी कार्यालयले समयमै सावधानी नगराउँदा अकालमा नागरिकको ज्यान जाने गरेको दावी गरेका छन् ।  रासस

वि.सं.२०७७ असोज २९ बिहीवार १६:३९ मा प्रकाशित

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको...

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...