back
CTIZAN AD

सुरु नै नभएको बुढीगण्डकीमा भ्रष्टाचार भयो भन्नु निराधार : प्रधानमन्त्री ओली

वि.सं.२०७७ असोज ३० शुक्रवार

807 

shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बढीगण्डकी आयोजनामा भ्रष्टाचार गरेको भन्ने आरोप निराधार भएको बताएका छन् । सुरु नै नभएको आयोजनामा भ्रष्टाचार भयो भन्नु गैरजिम्मेवार भएको उनको भनाई छ ।

‘निर्णय नभएको, कार्यआरम्भ नभएको, हुन्छ या हुँदैन, कसले गर्छ भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीले यति अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएकोसमेत सुनेको छु’, प्रधानमन्त्रीले भने, ‘यस्ता गैरजिम्मेवार र निराधार अभिव्यक्ति एउटा कुरा हो। तर हामी त्यस्तो गैरजिम्मेवार हुन सक्दैनौँ ।’

शुक्रबार प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । जनतालाई गलत सूचना दिएर भड्काउने र गलत बाटोमा लैजाने काम गर्न नसक्ने उनले बताए।

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले केही समयअघि प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी आयोजनाबाट ९ अर्ब घुस खाएको आरोप लगाएका थिए । जुन आरोपबारे प्रधानमन्त्री ओलीले पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिएका हुन् ।

वि.सं.२०७७ असोज ३० शुक्रवार १२:३६ मा प्रकाशित

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...