back
CTIZAN AD

महाभूकम्पले ध्वस्त बनाएको सिन्धुपाल्चोकका गुम्बा पुनःर्निर्माण हुने

वि.सं.२०७७ असोज ३० शुक्रवार

816 

shares

३०असोज, सिन्धुपाल्चोक । विसं २०७२ को महाभूकम्पले ध्वस्त बनाएको जिल्लाका गुम्बा पुनःनिर्माण हुने भएको छ ।

पहिलो चरणमा पुरातात्विक महत्वका पाँच ऐतिहासिक गुम्बा निर्माणका लागि यही असोज २८ गते बोलपत्र आह्वान गरिएको छ । भारतको कर्णाटक राज्यसरकारले नेपालस्थित भारतीय दूतावासको सहयोगमा चिरीघ्याङ गुम्बा, तार्केघ्याङ गुम्बा, सुलीकोटघ्याङ गुम्बा मेलम्ची, सेर्माथाङघ्याङ गुम्बा र मेलम्चीघ्याङ गुम्बा निर्माण हुन लागेका हुन् ।

सांसद शेरबहादुर तामाङ, पूर्व अर्थ राज्यमन्त्री डा।ल्हार्क्याल लामा, वग्मती प्रदेश सांसद निमा लामाको पहलमा ती गुम्बा पुनःनिर्माणका हुन लागेको हो । विगत पाँच वर्षदेखी पहल हुँदै आएकामा बल्ल ती धरोहरहरुको पुनर्निर्माण हुन लागेकोमा आफूलाई खुशी लागेको सांसद तामाङले बताए । पूर्व अर्थ राज्यमन्त्री लामाले ठूलो आर्थिक सहयोग गर्ने भारत सरकारप्रति आभार प्रकट गरे ।

ऐतिहासिक गुम्बाहरूको पुनःनिर्माण हुने खबरले आफूहरु हर्षित भएको मेलम्ची घ्याङबासी र सुलिकोट घ्याङबासीले बताए यसैगरी नवलपुर गुम्बा र लिस्ती गुम्बा निर्माणका लागि पनि छिटै बेलपत्र आह्वान गरिने सांसद तामाङले जानकारी दिए ।

वि.सं.२०७७ असोज ३० शुक्रवार १२:४७ मा प्रकाशित

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...

एकतीस करोडभन्दा बढी राजस्व सङ्कलन

एकतीस करोडभन्दा बढी राजस्व सङ्कलन

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र चौरजहारी यातायात...