३० असोज, काठमाडौँ । यस वर्ष दसैँको माहोल कोरोना महामारीका कारण पहिले जस्तो छैन । न बसपार्कमा घर फर्केनहरुको लर्को देखिएको छ न त बजारमा दसैँका लागि किनमेल गर्नेहरुको भिड नै।
कोरोना महामारीले गर्दा व्यापार रित्तो भएपछि व्यापारीहरु पुर्ण रुपमा निराश छन् । चाडपर्वका बेला सबैभन्दा धेरै बिक्रि हुने फलफुल व्यापारीहरुमा पनि उत्साह छाएको छैन।
चाडपर्वको लागि भनेर उत्पादन गरिएका फलफुल तयार भएका छन् । तर किसान तथा व्यापारीहरुमा फलफुल बिक्री नहुने चिन्ता थपिएको छ।
फलफुल मध्ये चाडपर्वमा सबैभन्दा धेरै बिक्री हुने केरा पनि एक हो । काठमाडौँको कुलेश्वर फलफुल बजारमा दसैँका लागि भनेर केरा भण्डारण थालिएको छ।
तर दैनिक रुपमा केराको व्यापार बढनुको सट्टा घट्न थालेपछि किसानहरुमा चिन्ता बढेको हो ।
वि.सं.२०७७ असोज ३० शुक्रवार १२:५३ मा प्रकाशित






























