back
CTIZAN AD

चाडपर्व शुरु भएसँगै सार्वजनिक यातायातमा निगरानी

वि.सं.२०७७ असोज ३० शुक्रवार

681 

shares

३० असोज, चितवन । चाडपर्व शुरु भएसँगै जिल्ला भित्रने र बाहिरनेको सङ्ख्या बढ्न थालेको छ । रोजगारीको सिलसिलामा यहाँ रहेका र अध्ययनका क्रममा जिल्ला आएका घर फर्कन शुरु गरेका छन् ।

अघिल्ला वर्षमा घटस्थापना अघिनै यात्रुको चहलपहल हुने भए पनि अहिले कोरोना सङ्क्रमणका कारण गरिएको लकडाउन तथा निषेधाज्ञाले यात्रुको चाप त्यति बढेको छैन ।नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष रामप्रसाद सुवेदीले कोरोना त्रासले यसपाली यात्रुको चाप खासै नरहेको बताए ।

घरभित्रै बसेर दशैँलगायतका पर्व मनाउनुपर्ने अवस्था भएकाले यात्रुको चहलपहल नवढेको उनको भनाइ छ । सबै रुटका गाडी भरिभराउ छैनन्, सप्तमीपछि केही चहलपहल बढ्ने आशमा व्यवसायी रहेका छन् । जिल्लामा करिब १५ हजार सार्वजनिक सवारी छन् ।

नारायणगढको पुलचोक, पोखरा बसपार्क, केन्द्रीय बस टर्मिनल, चौबिसकोठी, टाँडी बजार तथा खैरहनीको पर्सा बजारमा यात्रुको केही चाप देखिन थालेको छ । कोरोनाको त्रास बढिरहेको समयमा स्थानीय प्रशासनले सार्वजनिक सवारी साधनमा निगरानी बढाउन थालेको छ । बढी भाडा असुल्ने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्ने जस्ता गतिविधि बढेको गुनासो आउन थालेपछि सार्वजनिक यातायातका सवारी साधनमा निगरानी बढाउन थालिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले मापदण्ड विपरीत सञ्चालन भएको पाइए तत्कालै जरिवाना गरिने बताए । उनले भने, “प्रशासनले तत्काल कारवाही गर्न प्रहरी युनिटलाई निर्देशन दिइसकेको छ ।” यात्रु, चालक, सहचालक सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने भन्दै शर्माले अटेर गर्नेलाई कारवाही गरिने बताए ।

सङ्क्रामक ऐन २०२० मा आदेश अपहेलना गर्नेलाई एक सयदेखि ६०० रुपैयाँसम्म जरिवाना वा १ देखि ६ महिनासम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । जिल्ला प्रशासनले असोज २७ गते १४ बुदे निर्देशन जारी गरिसकेको छ ।

चााडपर्वका बेला एक ठाउँ बाट अर्को ठाउँसम्म मानिसको आवतजावत हुने भएकाले कोरोना सङ्क्रमण फैलिने उच्च जोखिम देखिन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले बिहीबारदेखि सार्वजनिक सवारीमा आकस्मिक जाँचको अभियान सञ्चालन गरिएको बताए ।

जिल्लाका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी काम भइरहेकको उनले जानकारी दिए । उनका अनुसार बढी भाडा लिने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेलाई तत्कालै कारवाही गरिने छ । रासस

वि.सं.२०७७ असोज ३० शुक्रवार १३:०३ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...