back
CTIZAN AD

भियतनाममा बाढीपहिरोका कारण ५५ जनाको मृत्यु

वि.सं.२०७७ असोज ३० शुक्रवार

771 

shares

३० असोज । पूर्वी एसियाली मुलुक भियतनामको मध्यक्षेत्रमा आएको भिषण वर्षासँगैको बाढी पहिरोमा परेर कम्तीमा ५५ जनाको मृत्यु भएको छ ।

भियतनामको केन्द्रीय विपद् समितिले विगत १० दिनको अवधिमा बाढी पहिरोमा परेर अरु केही व्यक्ति बेपत्ता भएको जनाएको छ । भियतनामको मध्य क्षेत्रका क्वाङ ट्रि, थुआ थिएन हुई र क्वाङ नाम प्रान्तमा सबैभन्दा बढी असर परेको छ ।

थुआ थिएन प्रान्तको फोङ डाइन जिल्लामा बाढी पहिरो पीडितको उद्धारका लागि गएका १३ जना उद्धारकर्मीको पहिरोमा परेर ज्यान गएको समितिले जनाएको छ ।

केन्द्रीय विपद् समितिका अनुसार बाढी पहिरोमा परेका व्यक्तिहरुको उद्धार र खोजी कार्य जारी रहेको छ । देशको सेना र प्रहरीलाई पनि उद्धार र राहतका कार्यमा खटाइएको छ ।

गत अक्टोबर ५ देखि १३ तारिखसम्मको अवधिमा भियतनामको मध्यक्षेत्रमा ठूलो वर्षा भएको थियो । केही क्षेत्रमा २ हजार मिलिमिटरसम्म वर्षा भएको छ । झण्डै ९०० हेक्टर धानखेती र ५ हजार ५०० हेक्टर अन्य बालीमा बाढी पसेको छ ।

यहीबीच चार लाख ४५ हजार पशुपंक्षी पनि बाढीको चपेटामा परेका केन्द्रीय समितिले जनाएको छ । भियतनामको केन्द्रीय जलवायु विज्ञान विभागले शुक्रबारदेखि फेरि वर्षा हुने र योक्रम आगामी अक्टोबर २१ सम्म रहने जनाएको छ ।

सेप्टेम्बर २२ सम्ममा प्राकृतिक प्रकोपमा परेर भियतनाममा ९३ जनाको मृत्यु भएको र २७२ जना घाइते भएका छन् । बाढी, पहिरो र भारी वर्षाका कारण झण्डै २२ करोड डलर बराबरको क्षति भएको छ । रासस

वि.सं.२०७७ असोज ३० शुक्रवार १६:१३ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...