३० असोज, युके । बेलायतमा रहेका पूर्व गोर्खा आर्मी म्याग्दीका साम बहादुर तिलिजाको मृत्यु भएको छ ।
पुख्र्यौली घर म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ७ चिमखोला घर भई हाल मयलअबकतभच युकेमा बस्दै आएका पूर्व गोर्खा आर्मी- Ex Army no-21162415 CSgt 2\2 GR) SF तिलिजाको विहिबार निधन भएको हो ।
पुन मगर समाज युकेका आजीवन सदस्य समेत रहेका तिलिजाको ६० वर्षको उमेरमा भएको असामयिक निधनले पुन मगर समाज युके स्तब्ध भएको समाजका अध्यक्ष बल पुर्जा मगरले बताएका छन् ।
वि.सं.२०७७ असोज ३० शुक्रवार १६:३६ मा प्रकाशित






























