back
CTIZAN AD

लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनमा यात्रु ठगिँदै

वि.सं.२०७७ कात्तिक २ आइतवार

675 

shares

२ कात्तिक । प्रदेश नं २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले यात्रुलाई ठगिरहेका छन् । सरकारले तोकेको स्वास्थ्य मापदण्डको खिल्ली उडाउँदै सार्वजनिक सवारी साधनले क्षमताभन्दा बढी यात्रु राखेर ५० प्रतिशतभन्दा बढी भाडा लिन थालेका छन् ।

सवारी साधनमा भाडा दररेट नराखिएको, सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना नगरिएको तथा भाडामा ५० प्रतिशत वृद्धि गरेर लिने गरेको यात्रु कवीर महतोले बताए । अनुगमन गर्ने निकाय मौन रहेको महतोको आरोप छ ।

सो क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुदेखि चालकसम्मले स्वास्थ्य मापदण्डको पालना नगरेको पाइएको छ । मन लागेको बेला मात्र ट्राफिक प्रहरीले सवारी साधन रोकेर यात्रुका गुनासो सुन्ने गरेका छन् । समस्या समाधानतर्फ कसैको ध्यान नदिएको अर्का यात्रु प्रकाश पोख्रेलले बताए।

सरकारले सार्वजनिक यातायातमा सिट क्षमताअनुसार नै यात्रु राख्न पाउने नियम लागू गरी पुरानै भाडादर कायम गरे पनि वीरगञ्ज–जनकपुर चल्ने सवारी साधनले ५० प्रतिशतभन्दा बढी भाडा असुल्दै आएका छन् ।

सवारी साधनको जाँचलाई निरन्तरता दिएको, यात्रुका समस्या समाधानका लागि प्रदेशका सबै जिल्लाका सबै स्थानमा यात्रु सहायता कक्षको स्थापना गरेको, ट्राफिक नियम विपरीत चल्ने सवारी साधनलाई आवश्यक ट्राफिक नियमानुसार कारबाही गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नं २ पथलैयाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए ।

प्रदेश नं २ का आठवटै जिल्लाका लोकमार्ग, भित्री सडकखण्ड, सीमानाकामा गरी ७९ ट्राफिक प्रहरी युनिट रहेका छन् । रासस

वि.सं.२०७७ कात्तिक २ आइतवार १७:०२ मा प्रकाशित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...