back
CTIZAN AD

नेपाल बैंकले विद्यालयलाई बिनाधितो कर्जा

वि.सं.२०७७ कात्तिक ३ सोमवार

810 

shares

३ कात्तिक, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– १० झलारी बजारस्थित नेपाल बैंक लिमिटेडको शाखा कार्यालयले विद्यालय र सङ्घसंस्थाका कर्मचारीलाई बिनाधितो कर्जा प्रवाह कार्यक्रम सञ्चालन गरेको छ ।

बैंकले रु पाँच लाखदेखि रु १५ लाखसम्म विद्यालय र सङ्घसंस्थाका कर्मचारीलाई बिनाधितो कर्जा प्रवाह गर्ने जनाएको छ । कार्यक्रमअनुसार कर्जा प्रवाह गर्दा मासिक वा त्रैमासिकरुपमा रकम भुक्तानी गर्ने व्यवस्था मिलाएको बैंकको शाखाका प्रबन्धक बाबुराम खरेलले बताए ।

कर्जा माग्ने कर्मचारी तीन वर्षको स्थायी हुनुपर्ने र सेवानिवृत्त हुन पाँच वर्षको अवधि बाँकी भएमा कर्जा प्रवाह गर्न सकिनेछ शाखा प्रबन्धक खरेलले भने, “स्थायी कर्मचारीको चार वर्षको तलब स्केलअनुसार बैंकले न्यूनतम ब्याजदरमा कर्जा लगानी गर्नेछ ।”

बिनाधितो कर्जाका लागि शुक्लाफाँटा नगरपालिका– ७ स्थित धर्मजनता माध्यमिक विद्यालयसँग बैंकले सम्झौतासमेत गरेको छ । विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई कर्जा प्रवाहका लागि बैंकले सम्झौता गरेको हो ।

बैंकले हाल सुन कर्जा, पेन्सन बुझ्ने खाता, राजस्व बुझाउने सुविधा, सञ्चय कोष, नागरिक लगानी कोषमा रकम जम्मा गर्न सकिने सुविधा, डिमेट सुविधा, निःशुल्क मोबाइल बैंकिङ सुविधा, निःशुल्क एटिएम कार्डलगायतका सेवा ग्राहकलाई दिँदै आएको छ । रासस

वि.सं.२०७७ कात्तिक ३ सोमवार १५:४५ मा प्रकाशित

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...