back
CTIZAN AD

सांसद तामाङले पनि गरे दशैं भत्ता फिर्ता गर्ने घोषणा

वि.सं.२०७७ कात्तिक ३ सोमवार

690 

shares

३ कात्तिक, काठमाडौं । संघीय सांसद हितबहादुर तामाङले पनि दशै भत्ता स्वरुप आफ्नो खातामा आएको रकम फिर्ता गर्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै तामाङले उक्त रकम फिर्ता गर्ने घोषणा गरेका हुन् । दसैं भत्ता गैरकानुनी भएको भन्दै विरोध भएपछि सत्तारुढ दल नेकपा सहित विपक्षी दलका सांसदहरुले रकम फिर्ता गरिरहेका छन् ।

उनले फेसबुकमा लेखेका छन् ‘सांसद भए बापत मेरो व्यक्तिगत खातामा प्राप्त भएको दशै भत्ता स्वरुप रकम फिर्ता गर्ने व्यहोरा सर्वसाधारणको जानकारीको लागि अनुरोध गर्दछु । मुलुक कोरोना भाईरस कोभिड १९ले ग्रस्त छ । जनताका आर्थिक क्रियाकलापहरु पुरै प्रभावित भएका छन् । जनता रोग र भोकको समस्याले प्रताडित मात्रै छैनन् दशै तिहार जस्तो चाडमा आफ्ना बालबालिका र बुढी आमा र बुढा बालाई एक छाक मिठो खान खुवाउन सक्ने अवस्थामा छैनन् । सरकारले नागरिकको स्वास्थ्यसंग सम्बन्धित न्युनतम समस्या पनि हल गर्न सकिरहेको छैन। यस्तो अवस्थामा सांसदले पाउने दशै भत्ता वापतको रकम फिर्ता गर्ने निर्णय गर्दछु र उक्त रकम जनताको स्वास्थ्य सेवासंग सम्बन्धि काममा खर्च गर्न सरकारलाई अनुरोध गर्दछु ।’

 

वि.सं.२०७७ कात्तिक ३ सोमवार १५:५५ मा प्रकाशित

जब फेवातालमा डुङ्गा पल्टियो…

जब फेवातालमा डुङ्गा पल्टियो…

गण्डकी । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए।...

प्रतिनिधिसभा : कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा : कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्या...

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा सञ्चालित सुक्खा क्षेत्र बृहत खानेपानी आयोजना...

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौँ । आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका...

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

काठमाडौँ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक...

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले असार आउन लागिसके पनि कृषि क्षेत्रका...