back
CTIZAN AD

कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

वि.सं.२०७७ कात्तिक ८ शनिवार

672 

shares

८ कात्तिक, डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गरेका छन् ।  मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दशैँ मनाउन सबै नागरिकलाई अनुरोध गरेका छन् ।

दशैँका नाममा जताततै भीड गर्ने, हुल बाँधेर रमाइलो गर्ने जस्ता कार्य नगर्न तथा नगराउन मुख्यमन्त्री भट्टले सबै सुदूरपश्चिमेलीमा आग्रह गर्नुभएको छ । मुख्यमन्त्री भट्टले भने, “स्वास्थ्यभन्दा ठूलो अरु कुनै छैन, यस वर्ष ज्यान जोगाएर पर्व मनाउनुस्, अर्को वर्ष झनै रमाइलो पर्व मनाउन पाइने छ ।” उनले ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्यावस्थाका व्यक्तिको विशेष ख्याल गर्न पनि सुझाव दिएका छन् । मुख्यमन्त्री भट्टले कोरोना संक्रमणले समग्र सुदूरपश्चिम पनि आक्रान्त बन्दै गएकाले त्यसप्रति सचेत हुन अनुरोध गरेका छन् ।रासस

 

वि.सं.२०७७ कात्तिक ८ शनिवार ०८:३७ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...