back
CTIZAN AD

दशैँमा देखिएनन् पिङ, बाबियो भीरमै सुक्यो

वि.सं.२०७७ कात्तिक ९ आइतवार

867 

shares

९ कार्तिक, काठमाडौं । “गाउँभरिका युवा, बूढापाका र केटाकेटी मिलेर भीरमा साँचेर राखेको बाबियो काटेर ल्याइन्थ्यो, ठूलो चौरमा बसेर बाटिन्थ्यो, बाँसका घारा खोजेर फराकिलो चौरीमा पिङ राखिन्थ्यो, सबै आउँथे, खेल्थे भेटघाट हुन्थ्यो र पो दशैँ आएजस्तो हुन्थ्यो”, बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका वासुदेव आचार्यले पुराना दिन सम्झिन्छन् ।

आफ्नो बाल्यावस्थाका दिन सम्झँदा उहाँलाई अहिले पनि त्यस्तै दशैँ आए हुन्थ्यो भन्ने लाग्छ तर अहिले त बाबियो भीरमै सुक्यो, पिङ बनाउने बाँस सुके । एक त पहिले जस्तो युवाहरुको जमात गाउँमा छैन । अर्कोतर्फ महामारीका कारण गाउँ फर्केका युवासमेत क्वारेन्टिनमा बसेपछि यो वर्ष बागलुङमा पिङ बिरलै देखिए ।

रोटेपिङ र चमच्चा बनाउने सिप कसैसँग छैन । लठ्ठेपिङसमेत यो वर्ष देख्न नपाएको उहाँले गुनासो गरे । “टीका र दक्षिणा संस्कार मात्रै हो, दशैँले त मन जोड्थ्यो”, उनी भन्छन् “अहिले त मनहरु टाढिएका छन्, चौरीहरु खाली छन् ।”

भीरमा हुने बाबियो बूढाबूढी र केटाकेटीले काट्न सक्दैनन् । बाँस काटेर ठड्याउनका लागि पनि बलिया मान्छे चाहिन्छन् । रोजगारीको सिलसिलामा बाहिर रहेकाले दशैँमा घर फर्किँदा पनि खुलेर रम्न नपाएको सोही ठाउँका जीवन शर्मा बताए । “पहिले पहिले दशैँमा घर आउँदा बाटैमा पिङ हुन्थ्यो, गाडी रोकेरै भए पनि खेलिन्थ्यो, अहिले त बाटोमा देख्नेहरु पनि टाढैबाट बोले”, उनले भने ‘कति निरसिलो दशैँ, तारेभीरको बाबियो सुके होला, रोहोटेका बाँस नुघे होलान्, बाहिर निस्किएको छैन ।”

साना केटाकेटीका लागि यहाँका स्थानीयवासीले आफ्नै घर छेउमा स–साना पिङ बनाइदिएका छन् । वयस्कहरुले भने यस वर्ष कोरोनाका कारण पिङ खेल्न त के देख्न पनि पाएनन् । पहिलेजस्तो जाँगर अहिलेका युवा पुस्तामा छैन । बूढापाकाले करकाप गरेर बनाइने लठ्ठेपिङसमेत बन्न छोडेको काठेखोला गाउँपालिका–७ का वडाअध्यक्ष प्रेम लामिछानेले बताए । “व्यावसायिकरूपमा बनाएका तिनै लठ्ठेपिङमा युवाहरुको ठूलो आकर्षण देख्छु तर आफ्नो पर्वमा आफ्नै आँगनमा पिङ बनाउन युवाहरुले जाँगर देखाउँदैनन्”, लामिछानेले भन्नुभयो, “खर्च भएमात्रै सन्तुष्टि मिल्ने विश्वास विकास हुँदा, संस्कारी बन्न सकिएन ।”

लठ्ठेपिङ बनाउन कम खर्चिलो र सीपसमेत सामान्य भए पुग्छ । लठ्ठो बाट्नका लागि केही सिपालुले सिकाएकै आधारमा सकिन्छ भने झुण्ड्याउन मुटु भएका युवा चाहिन्छन् । महामारी र गाउँ खाली भएका कारण यस वर्ष बागलुङमा पिङले ल्याउने रौनक दशैँमा देख्न सकिएन । रासस

वि.सं.२०७७ कात्तिक ९ आइतवार ११:२७ मा प्रकाशित

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...