back
CTIZAN AD

कुर्घाको घर संझदै रामकृष्ण भन्छन्–तिमी नभएको ठाउँमा मलाई कसरी रमाइलो लाग्छ र ?

वि.सं.२०७७ कात्तिक ९ आइतवार

846 

shares

मुटुको टुक्रा प्यारो घर प्रणाम सहित संझना, कुशल रहि कुशलताको लागि हाम्रा कुल देवता सहित नवदुर्गा भवानीसँग प्राथना गर्दछु ।
बिशेष कुरा कोभिड महामारी तथा कामको ब्यस्तताको कारण घरमा आई तिमीसँग रहन नसकेको कारण तिम्रो माया स्वरूप दुई चार शब्द लेख्न गइरहेको छु ।

प्रिय घर तिम्रो बारे केही लेख्ने कोसिस गर्दै गर्दा अनगिन्ती प्रश्नले सताइरहेका छन् । आफू जन्मेको, हुर्केको घरबाट टाढा रहनु पर्दाको पिडा सायद दुई चार शब्दमा के नै सकिन्थ्यो र ? तैपनि तिम्रो संझनामा छट्पटाइरहेको मनलाई केही शान्त पार्न खोजेको छु ।

प्रिय घर ०३१\३२ साल तिर बढो मेहनतको साथ तिमीलाई बाबाले निर्माण गरेको कुरा माताजीबाट सुनिरहन्छु । तिमीले हामीहरुलाई हुर्काउन खेलेको भुमिका, तिम्रा दुःख कष्टका ती क्षण सबै जानकारी नै छ । आर्थिक अबस्था कमजोर हुँदा तिमीले धेरै ठूला–ठूला चुनौतीहरुको सामना गरेका छौ । हाम्रो लागि तिमीले गरेको दुःख बारे लेखेर साध्य छैन तर पनि जस्तो सुकै अप्ठ्यारो परिस्थितिलाई आत्मसात गर्न सक्ने घर तिमी महान छौ प्रिय घर । स्थानीय सामन्त,जाली फटाँहाहरुले दिने चुनौतीलाई सामना गर्दै निरन्तर रुपमा आजसम्म तिमी अगाडि बढि रहयौ, तिमी धन्य छौ ।

प्रिय घर कोही कसैसँग तिमी झुकेनौ,सतिसालको रुपमा सधै खडा रहदै अगाडि बढिरहयौ । चारैतिरबाट तिमीलाई आक्रमणको प्रयास नगरेका होइनन तर तिम्रो अगाडि केही लागेन, यो नै हाम्रो गौरव हो ।

प्रिय घर, अहिले दशै आइसकेको छ । कताबाट आउछ कान्छो भन्दै मलाई हेरेर बसेका हौला । तर, चाहना हुँदाहुदै पनि म आउन सकिन यसको लागि तिमीसँग क्षमाप्रार्थी छु ।

दशै आउदै गर्दा कमेरो लगाउने, रातो माटोले लिप्ने, पुराना ब्याट्री फोरेर कालो लगाउने गर्दा कति खुशी हुने गथ्यौ, त्यो सबै मलाई थाहा छ । प्रिय घर, बिगतको इतिहास मैले कहां भुलेको छु र ?

प्रिय घर, अहिले सबै वातावरण फेरिएको छ ,टाढा छु तिमीले संझिरहेको पनि थाहा छ ,अहिले तिमी झन दुःख कष्टमा छौ ,तिमीलाई माया गर्ने मान्छेहरु थोरैमात्र हुनुहुन्छ । दशैको बेला मलाई आयो कि भनेर हेरिरहने माइला बा, कान्छो आए त सत्र खेल्न हुन्थ्यो भनेर संझने साइला बा, तलतिर मोति कान्छा बा कोही पनि अहिले हुनुहुन्न । वरिपरिका माया गर्ने मान्छेहरु पनि धेरै बसाइँसराइ गरिसक्नु भएको सुनेको छु । प्रिय घर,हामी हुदाँ त तिमीलाई कति दुःख दिन खोज्दथे तर अहिले झन तिमीलाई कति गाह्रो होला ? वरिपरि बगैंचाका फलफूलले बाटो हेरेर बसेका होलान ! कटहर रोइरहेको होला,लौसी,सुन्तला, आँप, आरु, आरुपखरा आदिले चौधरे तिर हाम्रो बाटो हेरेर बसेका होलान्,उनीहरूलाई पनि कति आक्रमण भए होला ?

प्रिय घर, अहिले न लिपपोत छ तिम्रो न अरु संरक्षण नै भएको छ ,कति धेरै रोएका हौला, कति धेरै निराश भएका हौला, कति धेरै एक्लो महसुस गरेका हौला ? मन कति आत्तिएको होला ?? स्यानि चौतारीले झन कति संझेको होला ?

प्रिय घर,तिमीप्रति यति धेरै माया हुँदाहुदै पनि छाडेर हिड्न पर्दाको पिडाले नरमाइलो महसुस गराईरहेको छ । सँगै तिम्रो साथमा तिम्रो मायामा रमाउने ईच्छा हुँदाहुदै विभिन्न कारण, धेरै कारण तिमीले बुझेकै छौ ) तिमीबाट टाढा रहन पर्यो ।

प्रिय घर, दशै आयो भन्छ्न कति रमाएका छन तर तिमी नभएको ठाउँमा मलाई कुनै रमाइलो लागेको छैन, अघिपछि झगडा गरेपनि दशैमा टिका लगाउन गएपछि बोलचाल हुने र फेरि माया सदभावको नयाँ भावना अगाडि बढने क्षण कति आनंन्दमय हुन्थ्यो ।

प्रिय घर ! तिमीलाई पत्र लेख्दा लेख्दै मलाई झन भावुक बनायो । झन भन्दा झन अप्ठ्यारो महसुस गर्दै छु । घरिघरि सपनामा पनि मेरो घर भनि चिच्याईरहेको छु ।

उही तिम्रो मान्छे, रामकृष्ण शर्मा
(पर्वत रुपन्देहि सेवा समाजका अध्यक्ष रहेका शर्मा सक्रिय सामाजिक अभियन्ता हुन । )

वि.सं.२०७७ कात्तिक ९ आइतवार १४:२३ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

साउदीले किन परिवर्तन गर्‍यो सीप प्रमाणीकरण नीति ?

साउदीले किन परिवर्तन गर्‍यो सीप प्रमाणीकरण नीति ?

काठमाडाैँ । साउदी अरबमा रोजगारीका लागि जाने नेपाली कामदारले अब अनुभवको...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...