back
CTIZAN AD

रामको जन्मभूमिबारे अनुसन्धान भइरहेको अयोध्यापुरीमा ‘रामचरित मानस’को सामूहिक पाठपारायण हुने

वि.सं.२०७७ कात्तिक १२ बुधवार

831 

shares

चितवन । भगवान् रामको जन्मभूमिबारे अनुसन्धान भइरहेको माडी नगरपालिकाको अयोध्यापुरीमा ‘रामचरित मानस’को सामूहिक पाठपारायण हुने भएको छ । नेपालीमा अनूदित सो पुस्तकको सुन्दर काण्डको पारायण यही कात्तिक १८ गते गर्न लागिएको हो ।

सोह्रौँ शताब्दीमा गोस्वामी तुल्सीदासद्वारा अवधी भाषामा लिखित सो पुस्तक तुल्सीराम शर्माले नेपालीमा अनुवाद गरेपछि नेपालसँगै विश्वका धेरै देशमा यसको पारायण थालिएको छ । शर्माका अनुसार अयोध्यापुरीमा श्रीअयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समिति माडी र श्रीरामजानकी अनुसन्धान एवम् अध्ययनमण्डल अमेरिकाको संयुक्त आयोजनामा सामूहिक पारायण गर्न लागिएको हो ।

सो पुस्तकका सात काण्डमध्ये सुन्दर काण्ड चर्चित छ । पुस्तकमा रामको बाल्यकालदेखिका जीवनका सबै घटनाक्रम उल्लेख छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माडीको अयोध्यापुरी क्षेत्रमा रामको जन्म भएको बताएपछि माडी नगरपालिकाले आवश्यक अध्ययनअनुसन्धान गरिरहेको छ । सो क्षेत्रमा एक सय बिघा जग्गा छुट्याएर मन्दिरलगायत धार्मिक संरचना निर्माणको प्रक्रिया पनि अघि बढाइएको छ । रासस

वि.सं.२०७७ कात्तिक १२ बुधवार १८:०३ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...