back
CTIZAN AD

गुर्जो बाँड्दै पूर्वसभासद् खतिवडा गाउँ-गाउँमा

वि.सं.२०७७ कात्तिक १२ बुधवार

1K 

shares

ओखलढुंगा । पूूर्व सभासद् रामहरि खतिवडाले गृह जिल्ला ओखलढुंगाका गाउँ-गाउँमा गुर्जो खेती विस्तारका लागि बेर्ना वितरण गरेका छन् । बडादशैं मनाउन गृहजिल्ला आएका नेपाली कांग्रेसका युवा नेता खतिवडाले मानेभञ्ज्याङ गाउँपालिकाका सबै वडामा गुुर्जो खेतीका लाई बेर्ना वितरण गरेका हुन् ।

रोगप्रतिरोधात्मक क्षमता बढाउने जडिबुटीका रुपमा लिइने गुर्जो कोरोनाबाट बच्नका लागि समेत उपयोगी हुने भएकाले मानेभञ्ज्याङका दुई हजार सात सय तथा सुनकोशी र सिद्धिचरणका विभिन्न वडामा तीन सय गरेर तीन हजार बिरुवा रोपिने खतिवडाले बताए । गुर्जो खेती विस्तारका लागि गाउँपालिकाका नौ वटै वडामा तीनतीन सयका दरले र बाँकी सुनकोशीको कटुुञ्जे लगायत गाउँमा रोप्ने गरी वितरण गरिएको उनकाे भनाइ छ ।

‘गुर्जो निकै नै उपयोगी जडिबुुटी रहेछ । हावापानी पनि यसका लागि हाम्रो गाउँघर राम्रो भएकाले मागेर नभई खेती विस्तार गरेर उब्जाउ गराउने उद्देश्यले स्थानीय तहका जनप्रतिनिधिमार्फत गाउँगाउँमा गुुर्जोका बिरुवा पठाएँ’, खतिवडाले भने, ‘अहिले म गाउँगाउँमा कोरोनाको कहर झेलिरहेका जनताका बीचमा छुु । कोरोनाको ओखती छैन बरु स्वस्थ रहौंँ । जडिबुुटीमै बल गरौंँ भनेर काठमाडौंँको नर्सरीबाटै गुुर्जोका बिरुवा ल्याएर गाउँमा रोप्नका लागि दिएँ ।’

गाउँपालिकाका अध्यक्ष मोतीराज राईलाई नेता खतिवडाले गाउँपालिकाका सबै वडामा जडिबुडी खेती गर्न सुुझाव दिंँदै बिरुवा वितरण गरेका हुन् ।

अध्यक्ष राईले सबै नागरिकलाई स्वस्थ रहन र रोग प्रतिरोधात्मक क्षमता बढाउन जडिबुटिजन्य पदार्थको सेवन गर्ने बानीको विकास गराउन आफूहरु लागेको बताए । कोरोनाबाट बच्नसमेत गुर्जो उपयोगी हुने भनिएपछि गुुर्जो खोजेर सेवन गर्नेको लहर नै चलेको छ । रासस

वि.सं.२०७७ कात्तिक १२ बुधवार १८:२५ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...