back
CTIZAN AD

भारतीय सेनापतिको भ्रमण रद्द गर्न नेकपा नेताको आग्रह

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार

603 

shares

१४ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता नारायण शर्माले भारतीय सेनापति मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमणका सबै कार्यक्रम तत्काल रद्द गर्न आग्रह गरेका छन् ।

नरवाणेको नेपाल भ्रमणका क्रममा राष्ट्रपतिले उनलाई सम्मान स्वरुप नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कुरा आफैमा विवादास्पद, हास्यास्पद र घृणास्पद कुरा रहेको समेत नेता शर्माले बताएका छन् ।

‘त्यसमाथी सामन्ती राजतन्त्रकालमा स्थापित यसप्रकारको प्रचलन आज गणतन्त्रकालमा पनि यथावत गरिनु शासकहरुको सामन्ती र औपनिवेशिक संस्कारकै निरन्तरता हो,’ नेता शर्माले भनेका छन्, ‘यदी त्यसो होइन र घनिष्ठ सम्बन्ध भएका दुई देशका बीचको स्वच्छ सम्बन्ध हो भने यही परम्परा र प्रकृया चीनसँग नेपालले र पाकिस्तान, वाङ्गलादेशजस्ता घनिष्ट छिमेकी देश, जो ७० बर्ष अघिसम्म एउटै देशको रुपमा थिए, ती दुवैसङ्ग भारतले किन यसो गर्दैन ? यसरी हेर्दा यो अतार्किक, अयुक्तिसङ्गत र अवान्छित प्रचलन हो जो हामी स्वाभिमानी नेपालीको लागि एक अत्यधिक दुखद विडम्बना नै हो ।’

नेता शर्माले लेखेका छन्,
‘यही कार्तिक १९ ( नोभेम्बर ४) मा भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे नेपालको निमन्त्रणामा नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउन नेपाल आउँदैछन् ।

प्रथमतः कुनै एक देशको सेनापतिलाई कुनै अर्को देशको राष्ट्रपतिले सम्मानस्वरुप आफ्नो देशको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कुरा आफैमा विवादास्पद, हास्यास्पद र घृणास्पद कुरा हो । त्यसमाथी सामन्ती राजतन्त्रकालमा स्थापित यसप्रकारको प्रचलन आज गणतन्त्रकालमा पनि यथावत गरिनु शासकहरुको सामन्ती र औपनिवेशिक संस्कारकै निरन्तरता हो । यदी त्यसो होइन र घनिष्ठ सम्बन्ध भएका दुई देशका बीचको स्वच्छ सम्बन्ध हो भने यही परम्परा र प्रकृया चीनसँग नेपालले र पाकिस्तान, वाङ्गलादेशजस्ता घनिष्ट छिमेकी देश, जो ७० बर्ष अघिसम्म एउटै देशको रुपमा थिए, ती दुवैसङ्ग भारतले किन यसो गर्दैन ? यसरी हेर्दा यो अतार्किक, अयुक्तिसङ्गत र अवान्छित प्रचलन हो जो हामी स्वाभिमानी नेपालीको लागि एक अत्यधिक दुखद विडम्बना नै हो ।

अर्को आपत्तिजनक सन्दर्भ यो पनि छ कि भारतीय सेनाप्रमुख नरवाणेको भ्रमणको चाँजोपाँजो पनि मिलाउने गरी गोयल नेपाल आएको देखिन्छ । यस्ले पनि एकातिर भारतीय राजनीतिक र कूटनीतिक नेतृत्व निरर्थक र निकम्मा भएको पुष्टि हुन्छ भने अर्कातिर नेपालको माइक्रो म्यानेजमेन्टमा भारतीय गुप्तचर संस्थाको खुलेआम हस्तक्षेप छ र त्यो नेपालको वर्तमान सरकारलाई स्वीकारयोग्य र स्वागतयोग्य छ भन्ने स्पष्ट भएको छ, जो स्वाभिमानी नेपाली र नेपालको लागि असह्य विषय हो ।

यसरी यो बुझ्न सकिन्छ कि रअका एक कर्मचारीको यो चलखेल र हस्तक्षेपका अगाडि झुकेर नेपालका प्रधानमन्त्रीले नरवाणेको स्वागत–सम्मान गर्ने प्रकृया अघिबढेको छ । यो प्रकृया एउटा सार्वभौम मुलुकको दुईतिहाई बहुमतको कम्युनिस्ट नामको ‘राष्ट्रवादी’ छविका नेपाली प्रधानमन्त्री वली र लोकतन्त्रको सर्वाधिक धाक लगाउने र अत्यधिक लोकप्रिय देखाउने अर्को सार्वभौम र शक्तिशाली भारतीय प्रधानमन्त्री मोदीका प्रतिष्ठामा त धक्का हो नै, साथै नेपाल र भारत तथा यहाँका जनताको समेत बेइज्जतको कुरा हो । त्यसैले नरवाणेको हाल तय भएको नेपाल भ्रमणका सम्पूर्ण कार्यक्रमहरु अबिलम्ब रद्द गरिनैपर्छ । यसनिम्ती सचेत, देशभक्त र स्वाभिमानी नेपालका शक्ति, संघसंस्था र व्यक्ती-व्यक्ति, व्यक्तित्वहरुले समयमै सशक्त विरोध गर्नुपर्दछ । यदी हामी नेपाली भनिने र गनिनेहरुमा देशप्रेमको थोरैपनि भावना छ, राष्ट्रिय अस्मिता र अस्तित्व जोगाउनुपर्ने किंचित पनि कर्तब्यबोध छ र राष्ट्रिय, सांगठनिक र व्यक्तिगत रुपमा समेत थोरै मात्र भएपनि स्वाभिमान र स्वाधीनताको मूल्य र महत्वबोध छ भने हरेक नेपालीले यस कुराको विरोध, अवरोध र प्रतिरोध गर्नु नै पर्ने हुन्छ । तसर्थ यो देशको सरकारमा रहेकादेखि, सदनमा, संसदीय दलमा, संगठन (पार्टी र मोर्चा) मा, सडकमा र समाजमा रहेका सम्पूर्ण सचेत, स्वाभिमानी, स्वतन्त्रताप्रेमी, लोकतान्त्रिक मूल्यमान्यताका हिमायती, राजनीतिक र कूटनीतिक मर्यादाका पक्षपाती आदि सम्पूर्ण देशभक्त नेपालीहरुले संयुक्त र सशक्त रुपमा रअको षड्यन्त्रकारी हस्तक्षेपयुक्त व्यवस्थापनमा कथित सैन्य कूटनीतिको प्रयोगका नाममा राष्ट्रिय आत्मसमर्पण हुने गरी हुन गैरहेको भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमणको निर्णायक विरोध गर्नु हामी नेपालीहरुको लागि ऐतिहासिक रुपले अनिवार्य आवश्यकता भएको छ । आगे यहाँहरुको विचार र विवेकको मर्जीको कुरा ! तथापी एउटा देशभक्त नेपालीको नाताले मात्र पनि यो अपिल छ :

गोयलको हस्तक्षेप र नरवाणेको धम्की अगाडि नझुकौंं !

हाम्रा पूर्खाहरुले ज्यानको बाजि लगाएर जोगाएको राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र स्वत्व–अस्तित्वलाई कायम राखौं !!

संसारमा नेपाल र नेपालीको इज्जत र प्रतिष्ठालाई अझ माथी उठाऔं !!!

नरवाणेको आसन्न नेपाल भ्रमणको जोडदार विरोध गरौं !!!!’

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार ०७:१० मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...