back
CTIZAN AD

क्रिस गेलको उत्कृष्ट ब्याटिङ बाबजुद पंजाब ७ विकेटले पराजित

वि.सं.२०७७ कात्तिक १५ शनिवार

720 

shares

१५ कार्तिक, काठमाडौँ । किंग्स इलेवन पंजाब राजिस्थान रोयल्ससँग ७ विकेटले पराजित भएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको पंजाबले २० ओभरमा ४ विकेट गुमाएर १८५ रन बनाएको थियो । पंजाबका लागि क्रिस गेलले विस्फोट ब्याटिङ्ग गदैँ ६३ बलमा ९९ रन बनाएका थिए ।

यस क्रममा गेलले ६ चौका र ८ छक्का हानेका थिए । टि-२० क्रिकेटमा १ हजार छक्का प्रहार गर्ने पहिलो खेलाडी पनि क्रिस गेल बनेका छन । राजिस्थानका लागि बलिङ्गमा जोफ्रा आर्चर र बेन स्टोक्सले सर्वाधिक २ २ विकेट लिएका थिए ।

पंजाबले दिएको १८६ रनको लक्ष्य राजिस्थान १७.३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । राजिस्थानका लागि बेन स्टोक्सले २३ बलमा ५० रनको र संजु स्याम्सनले २५ बलमा ४८ रनको विस्फोटक पारी खेलेका थिए । जितसँगै राजिस्थानले प्लेअफमा पु्ग्ने सम्भावना जिवितै राखेको छ ।

वि.सं.२०७७ कात्तिक १५ शनिवार ०७:३७ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...