back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका १३५७ सहित देशैभरी २५०८ जनामा कोरोना संक्रमण

वि.सं.२०७७ कात्तिक १५ शनिवार

699 

shares

१५ कात्तिक, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका १३५७ जनासहित देशैभरी २५०८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १११३, ललितपुरमा १९५ र भक्तपुरमा ४९ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १को इलाममा ४, उदयपुरमा २, ओखलढुंगामा १, खोटाङमा १३, झापामा ७६, भोजपुरमा ३, धनकुटामा १, पाँचथरमा १, मोरङमा १३८, संखुवासभामा ३ र सुनसरीमा ७६ गरी प्रदेशमा ३१९ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १८, पर्सामा ५, बारामा २१, महोत्तरीमा ५, रौतहटमा २७, सप्तरीमा २०, सर्लाहीमा ७ र सिराहामा ९ जना गरी प्रदेशमा आज ११२ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १११३, काभ्रेपलान्चोकमा ७४, चितवनमा १०९, दोलखामा २२, धादिङमा ८, नुवाकोटमा ३९, भक्तपुरमा ४९, मकवानपुरमा ५, रसुवामा ११, रामेछापमा १३, ललितपुरमा १९५, सिन्धुपाल्चोकमा ९ र सिन्धुलीमा २ जना गरी प्रदेशमा आज १६३९ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १०९, गोरखामा ७, तनहुँमा २७, नवलपरासीपूर्वमा १०, पर्वतमा २, लमजुङमा ३, बागलुङमा १६ र स्याङजामा ७ जना गरी प्रदेशमा आज १८१ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको कपिलवस्तुमा ११, गुल्मीमा ३, दाङमा ४६, नवलपरासीमा १६, पाल्पामा १, प्युठानमा ३, बर्दियामा १७, बाँकेमा ३५ र रुपन्देहीमा ७५ जना गरी प्रदेशमा आज जम्मा २०७ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको जाजरकोट, डोल्पा र सल्यानमा १\१ जना, दैलेखमा ९ र सुर्खेतमा ३ जना गरी प्रदेशमा आज १५ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा ६, कन्चनपुरमा २,कैलालीमा २, डडेल्धुरामा ३, डोटीमा ३, दार्चुलामा ५ र बझाङमा १४ जना गरी प्रदेशमा आज ३५ जना थपिएसँगै देशैभरी २५०८ जना संक्रमति थपिएका हुन् । जसमा महिला ९७६ र पुरुष १५३२ जना रहेका छन् ।

आज थपिएका २५०८ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका १८८८ सहित देशैभरी ३५१७ जनामा कोरोना संक्रमण

वि.सं.२०७७ कात्तिक १५ शनिवार १६:३१ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...