back
CTIZAN AD

दिल्लीको लगातार चौँथो र बेङ्गलोरको लगातार तेस्रो हार, प्लेअफमा पुग्नका लागि अर्को खेल जित्नैँ पर्ने दबाद

वि.सं.२०७७ कात्तिक १६ आइतवार

666 

shares

१६ कार्तिक, काठमाडौँ । हिजो भएको दुई खेल मध्य पहिलो खेलमा मुम्बई इन्डियन्स र दोस्रो खेलमा सनराइजर्स हैदरावाद विजयी भएका छन ।

पहिलो खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिट्ल्सलाई ९ विकेटे पराजित गरेको थियो भने दोस्रो खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई ५ विकेट पराजित गरेको थियो ।

पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर ११० रन मात्र बनाएको थियो । दिल्लीका लागि श्रेयर अय्यरले २५ सर्वाधिक रन बनाएका थिए भने मुम्बईका लागि उत्कृष्ट बलिङ्ग गदैँ वोल्ट र बुमराहले सर्वाधिक ३/३ विकेट लिएका थिए । दिल्लीले दिएको १११ रनको लक्ष्य मुम्बईले १४.२ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । मुम्बईका लागि इशान किसनले सर्वाधिक ७२ रन बनाएका थिए । मुम्बईसँग पराजित भएसँगै दिल्लीले लगातर चौँथो हारको सामना गरेको छ ।

त्यसैगरी हिजो बेलुका भएको खेलमा सनराईजर्स हैदरावादले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई ५ विकेट पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ्ग गरेको बेङ्गलोरले २० ओभरमा ७ विकेट गुमाएर १२० रन बनाएको थियो । बेङ्गलोरका लागि जोस फिलिप्सले सर्वाधिक ३२ रन बनाएका थिए भने हैदरावादका लागि बलिङ्गमा सन्दिप शर्मा र जेसन होल्डरले २/२ विकेट लिएका थिए । बेङ्गलोरले दिएको १२१ रनको लक्ष्य हैदरावादले १४.१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । हैदरावादसँग पराजित भएसँगै बेङ्गलोरले लगातार तिन खेलमा हारको सामना गरेको छ ।

प्लेअफमा पुग्नका लागि दिल्ली र बेङ्गलोर दुवै टिमलाई आफ्नो अन्तिम खेलमा जित्नै पर्ने दबाब बनेको छ । जित्नै पर्ने दबाबमा रहेका दुवै टिमले आफ्नो अन्तिम खेल भोली एकअर्का बिच खेल्ने छन ।

वि.सं.२०७७ कात्तिक १६ आइतवार ०९:३३ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...