back
CTIZAN AD

रोजगार गुम्दा पीडादायी बन्यो दशैँ

वि.सं.२०७७ कात्तिक १६ आइतवार

594 

shares

१६ कात्तिक टीकापुर । लम्कीचुहा नगरपालिकाका रोहित धामी निजी विद्यालयका शिक्षक हुन । रोहितले विद्यालयबाट तलब नपाएको आठ महिना भयो ।

रोजगारविहीन भएका रोहितलाई यस वर्षको दशैँ टार्न निकै गाह्रो भयो । कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा फैलन थालेपछि गत वर्ष चैतबाट बन्द भएका विद्यालय सञ्चालनमा नआएपछि निजी विद्यालयमा कार्यरत शिक्षकले तलब पाउन सकेका छैनन् ।

रोहितका भाइ रोहन निजामती सेवातर्फका अधिकृत हुन । हरेक वर्ष दशैँमा रमाइलो गर्ने यी दुई भाइ यस वर्ष खासै रमाउन सकेनन् । “भाइले खसी काटेर, नयाँ लुगाकपडा किनेर धुमधामका साथ दशैँ मनायो, तर मेरो त घरमा अन्नकै समस्या शुरु भइसकेको थियो”, रोहितले भने, “मलाई निकै पीडा भयो, समाजमा शिक्षक भनेर चिनिएको मानिस छैन भन्न पनि सकिनँ । भाइले पनि यस वर्ष धुमधाम नगरौँ दाइ बेरोजगार भएको छ भनी बुझेन ।” रोहितले यस वर्ष दशैँमा श्रीमती र बालबच्चालाई नयाँ लुगा, मिठो खानेकुरा खुवाउन नपाएको बेला भाइको तडकभडकले थप पीडा दिएको बताए ।

टीकापुर–३ का ललिता चौधरीका दम्पती नै निजी विद्यालयमा कार्यरत शिक्षक हुन । ललिताको पनि रोहितको जस्तै समस्या शुरु भएको छ । कमाउने दुवै बेरोजगार भएका छन् । विद्यालय नचलेसम्म उनीहरुको घरमा समेत खुशीयाली पस्नेवाला छैन । “यस वर्ष माइत पनि गइनँ, कोरोना महामारी फैलिएको छ, सञ्चो छैन भन्ने बहानामा आफन्तकहाँसमेत टीका लगाउन गएनौँ”, ललिता भने, “छिमेकीले रमाइलो गरी दशैँ मनाएको देख्दा छोराछोरीले सताउने रहेछन् । खर्च नभएर यस वर्ष दशैँमा धेरै दुःख लाग्योे ।”

कोरोना सङ्क्रमणको जोखिम बढेपछि विद्यालय बन्द हुँदा कैलालीका हजारौँ शिक्षकको रोजीरोटी चलेको छैन । कैलालीमा समुदायस्तरमै सङ्क्रमण देखिन थालेकाले विद्यालय खुल्ने टुङ्गोसमेत लागेको छैन । “विद्यालय नचले शिक्षकले तलब कहाँबाट पाउनु रु अधिकांश निजी विद्यालय भाडाको घरमा चलेका छन्”, स्थानीय बन्दना जैसी भन्छन्, “अब कति विद्यालयलाई घरधनीले घर खाली गर्न लगाउनेछन् । विद्यालय नचलेका कारण धेरैको घर चलाउन मुस्किल भएको छ ।”

सामाजिक अभियानकर्मी कल्पना उपाध्याय हुनेले नहुनेलाई देखाउने गलत संस्कारले कमजोरहरु सधैँ पीडामा रहने गरेको बताए । “समाज बिग्रेकै हुनेखानेले गर्ने तडकभडकले हो । हुनेले बढी खर्च गरेर देखाउँदा आर्थिक अवस्था कमजोर भएकाहरुको घरमा अशान्ति हुन्छ”, उपाध्याय भन्छन, “समाजमा बस्नेले यस्ता कुरामा ध्यान दिन आवश्यक छ । धनीले गरिबलाई दिएर बाडीचुँडी खानुपर्छ ।” उनका अनुसार समाजमा सबैलाई ध्यानमा राखेर चाडपर्व र संस्कृति मनाउन आवश्यक हुन्छ ।

टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले सङ्क्रमण समुदायस्तरमै फैलिँदै गएकाले विद्यालय चल्ने नचल्ने अझै निश्चित नभएको बताए । “अनलाइन कक्षा पनि प्रभावकारी छैन, विद्यालयमा भीडभाड गरेर विद्यालय चलाउनु भन्न पनि सकिएको छैन”, अवस्थी भन्छन्, “विद्यालय नचलेका कारण धेरैको रोजगार गुमेको छ ।”रासस

वि.सं.२०७७ कात्तिक १६ आइतवार ११:५० मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...