back
CTIZAN AD

नगरका ४४० घरका छानामा जस्तापाता वितरण

वि.सं.२०७७ कात्तिक १६ आइतवार

1K 

shares

१६ कात्तिक,कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले घरमा खरको छानो हटाउने अभियान थालेको छ । आर्थिक वर्ष २०७६। ७७ मा नगरका ४४० खरको छानो हटाएर जस्तापाता वितरण गरिएको छ ।

नगरपालिकाले खरको छानो भएका घरधुरीलाई जस्तापाता अनुदानमा दिएपछि घरघरमा जस्तापाता लगाउने कार्य भइरहेकोे छ । लुम्बिनी प्रदेश र नगरपालिकाको रु एक करोड ९० लाखको लागतमा जस्तापाता खरीद गरी वितरण गरिएको नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले बताए ।

नगरका अतिविपन्न, असहाय, एकल महिला र अपांगता भएका नागरिकका घरमा रहेका खरको छानो हटाएर जस्तापाता प्रदान गरिएको छ । ‘प्रत्येक वर्ष खरको छानो हटाउने काम निरन्तर हुने छ, दुई वर्षभित्र नगरलाई पूर्ण खरको छानोरहित बनाउने योजना छ’, अधिकारीले भने ‘यस वर्ष पनि खरको छानो हटाउने काम भइरहन्छ ।’

नगरको दक्षिणी क्षेत्रका अधिकांश घरमा फुसको छानो रहेकाले आगलागीको जोखिम बढी रहेको उपप्रमुख शिवकुमारी थारुले बताए । वर्षेनी आगलागीका कारण धेरै जनधनको क्षति हुने गरेकाले खरको छानोमुक्त बनाउने योजना अघि सारिएको जनाइएको छ ।

शिवराज– ३ का वडाध्यक्ष टेकलाल सापकोटाले वडामा ४० घरधुरी छनोट गरेर जस्तापाता वितरण गर्ने काम भइरहेको बताए । ‘कतिपयले लगेर लगाइसके, कतिपय लगाउने तयारीमा छन” सापकोटाले भन,े ‘न्यून आय भएका विपन्न समुदायका नागरिकहरुलाई छनोट गरिएको छ ।’रासस

वि.सं.२०७७ कात्तिक १६ आइतवार १३:२६ मा प्रकाशित

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...