back
CTIZAN AD

ओली र प्रचण्डलाई एक कार्यकर्ताको प्रश्न : विधि र पद्धति पनि मान्नु नपर्ने कस्तो पार्टी बनाउँदै हुनुहुन्छ ?

वि.सं.२०७७ कात्तिक १६ आइतवार

1K 

shares

यतिखेर स्पष्ट बहुमत लिएर देशमा सरकार चलाइरहेको पार्टी हो नेकपा । तर, २९ महिना अगाडि एकीकरण भएको तर आजसम्म एकिकृत हुन नसकेको पार्टी पनि हो नेकपा । एकिकरणको २९ महिना वितिसक्दा पनि एमाले र माओवादी केन्द्रका नाममा छुट्टाछुट्टै संसदिय दल संचालन गरिरहेको पार्टी पनि हो नेकपा । एकिकरणको २९ महिना बितिसक्दा पनि पूर्वमाओवादी र पूर्वएमाले भनेर भागशान्ती सत्ता स्वादमा रमाईरहेको पार्टी पनि हो नेकपा । 

सत्ता स्वादमा पसिसकेका देशका दुई कम्युनिस्ट पार्टीहरूले २०७५ जेठ ३ गते मदन आश्रीत स्मृति दिवसको ऐतिहासिक दिनलाई उपयुक्त दिन ठानेर पार्टी एकीकरण घोषणा गरेका थिए । तर वास्तविकतामा भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आजसम्म पनि एक हुन सकेको छैन । विधानतः ६/६ महिनामा केन्द्रीय कमिटीको बैठक बस्नु पर्ने नेकपाको २९ महिनामा जम्मा २ वटा मात्र बैठक बस्न सकेका छन् ।

वास्तविकतामा भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आजसम्म पनि एक हुन सकेको छैन । विधानतः ६/६ महिनामा केन्द्रीय कमिटीको बैठक बस्नु पर्ने नेकपाको २९ महिनामा जम्मा २ वटा मात्र बैठक बस्न सकेका छन् ।

२०७५ जेठ १६ गते जारी गरिएको अपानी – १ ले ४४१ सदस्यीय केन्द्रीय कमिटी, केन्द्रीय कमिटीको एक तिहाइ सदस्य रहेको पोलिटब्यूरो (जो आजसम्म बन्न सकेको छैन) ४५ सदस्यीय स्थायी कमिटी र ९ सदस्यीय सचिवालयसहितको पार्टी केन्द्रीय संरचनाले ३ महिनाभित्रमा सबै तहका कमिटीहरूको एकीकरण सम्पन्न गर्ने निर्णय भएको सन्देश दियो ।

लगत्तै २०७५ साउन १७ गतेको विशेष परिपत्र – १ ले एकिकरणका लागि बनेका कार्यदलले साउन २५ भित्र एकीकरण प्रकृयाका काम सम्मपन्न गरी केन्द्रीय सचिवालय समक्ष प्रतिवेदन पेश गर्ने, भदौ ५ गतेभित्र प्रदेश र जिल्ला कमिटीहरूको एकिकरण सम्पन्न गर्ने । र, २०७५ भदौ १५ गतेभित्र जिल्ला कमिटीहरूको प्रथम बैठक आयोजना गर्ने सन्देश दियो । तर, आजका मितिसम्म पनि मेरो सदस्यता न एमालेमा रह्यो न त नेकपा नै भयो ।

१३ भदौ २०७६ को अपानी – २ ले ०७६ जेठ २ देखि भदौ ५ र भदौ ९ मा सम्पन्न सचिवालयका निर्णय जानकारी गरायो । जसमा जनसंगठनहरूको एकीकरण, केन्द्रीय विभागहरूमा प्रमुख र उप–प्रमुखको व्यवस्थापन, जिल्ला कमिटी, सम्पर्क समन्वय कमिटी, जनवर्गीय तथा सामुदायिक संगठनहरूका इन्चार्ज र सह(इन्चार्ज जिल्ला कमिटी अध्यक्ष र सचिवको व्यवस्थापन सँगसँगै पार्टीको नीति एवं नेतृत्वका विरुद्व लेख्ने, बोल्ने वा गतिविधि गर्नेहरूप्रति पार्टी विधानबमोजिम स्पष्टीकरण सोध्ने र कारबाहीको प्रकृया अघि बढाउने निर्णय गरेको पाइयो ।

सरकारका काम र उप–निर्वाचनको समिक्षा गर्दै १५ दिनभित्र एकता प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने मात्र हैन पार्टी र सरकारका विरुद्व जनतामा भ्रम छर्ने गरी अनुशासन र पद्धति विपरीत बोल्ने, लेख्ने, पार्टी नीति विपरीत भेला बैठक नगर्ने । विधि र अनुशासनमा चल्ने शक्तिका रूपमा पार्टीलाई विकास गर्ने । अनुशासनहीन काम गर्नेलाई कारबाहीको दायरामा ल्याउने निर्णय पनि २०७६ पुष १० मा जारी अपानी(३ ले दियो । तर, यसको अबज्ञा गर्दै सामाजिक संजालका भित्ताहरू आज पर्यन्त पनि रंगीइ नै रहेको छ ।

२०७६ माघ १५ – १९ केन्द्रीय कमिटीको दोस्रो बैठकमा पार्टीले निर्णय मात्र गर्ने की निर्णय कार्यान्वयन पनि गर्ने भन्ने प्रश्न प्रति गहिरो ध्यानाकर्षण गर्दै १५ दिनभित्र एकीकरणका बाकी काम सम्पन्न गर्ने । निर्णय गरियो । पटक–पटक १५ दिने कार्य योजनाको निर्णय चै गरियो तर, कार्यान्वयन कहिल्यै भएन । सबै कमिटीहरूमा एक तिहाइ महिला सुनिश्चित गर्ने निर्णय गरियो तर, केन्द्रबाटै यसको पालना गरीएन । नेकपा पार्टीमा अध्यक्ष र सचिव मात्र राख्ने निर्णय गरियो तर, निर्णय धेरै समय टिक्न सकेन । बहुपदीय संरचनामा जाने कामको सुरूवात गर्दै संगठन विभाग प्रमुखलाई उपाध्यक्ष बनाउने निर्णय गरियो भनेर २०७७ माघ २८ मा जारी अपानी – ४ बाट गराइयो ।

२०७७ भदौ २९ मा पार्टीले अपानी – ५ जारी गर्यो । २०७७ असार १० बाट सुरू भएको पार्टी स्थायी कमिटीको बैठक २०७७ भदौ २६ मा सम्पन्न भयो । यो बैठक चलेको लामो समयका बीचमा नेकपा पार्टी झण्डै झण्डै टुक्राटुक्रा भयो । तर, अन्तमा पार्टी एकताको महत्त्वलाई आत्मसात गर्ने निर्णय गरियो ।

पद्धति र संस्थागत प्रणालीलाई सबल बनाउने । दुई अध्यक्षमा एउटाले पुर्णरूपमा पार्टी चलाउने अर्कोले पुर्णरूपमा सरकार चलाउने । दुबै पार्टीका सदस्यता विवरण असोज मसान्तभित्र एक गरी सक्ने र बाँकी रहेका एकीकरणका सबै काम असोजभित्रै सम्पन्न गर्ने । कार्तिक मसान्तसम्ममा सदस्यता नविकरण सक्ने र २०७७ चैत २५ – ३० एकताको महाधिवेशन गर्ने । तर, आजका दिनसम्म मेरो पार्टी सदस्यताको अवस्था केहो मलाई थाहा भएन । आजसम्म मेरो क्षेत्रमा प्रदेश कमिटी नै बनेको छैन ।

पार्टीमा कुनै पनि गुटगत गतिविधि नगर्ने निर्णय पार्टीमा पटक–पटक भयो तर, निर्णयको कार्यान्वयन तपाईंहरुबाटै भएन । सरकार चलाउने अध्यक्षले फटाफट सरकार चलाउनु भयो । पार्टीका कमरेडहरूलाई मन्त्री बनाउनु भयो । किन मलाई सोधिएन-पार्टी चलाउने अध्यक्षलाई जलन भयो ।

कर्णाली प्रदेश पार्टी कमिटीमा समस्या आयो । पार्टीले कर्णाली प्रदेश कमिटीका कमरेडहरूलाई केन्द्रमा बोलायो तर, समस्या समाधान भएन । कमरेडहरू फर्केर कर्णाली पुगेपछि पार्टी केन्द्रबाट पत्र लेखियो, त्यहाँ पार्टीको विधान किन मिचियो ? विधानमा भनिएको छ पार्टीका सर्कुलर, निर्देशनलगायतका पत्राचारमा पार्टीका दुबै अध्यक्षको दस्तखत हुनेछ । यो विधान पार्टीका अध्यक्षदेखि सामान्य पार्टी सदस्यसमेतले पालना गर्नु पर्ने हुन्छ । तर, आफैँले बनाएको विधान पार्टी केन्द्र आफैले पालना गर्दैन भने उसले भनेको अरू कसले मान्छ होला र ?

आफुँले गरेको निर्णय आफैंले पूरा गर्नु नपर्ने । मनपरेको मानिसलाई जिम्मेवारी दिन कसैलाई सोध्नु नपर्ने तर, भन्न चै कम्युनिस्ट पार्टी अनुशासितहरूको पार्टी हो भनेर भनिदिनु पर्ने । खै कस्तो पार्टी चलाउने जमर्को गरिदैछ । अचम्ममा पो परिदैछ ।

हिजो म जिल्ला कमिटीको सचिव रहेको समयमा कमिटीको सिफारिसमा व्यक्ति छान्ने, जिम्मेवारी दिने काम कता–कता भएको सम्झना छ तर, आज पार्टी कमिटीलाई वेवास्ता गर्ने, विधानतः आफ्नो सदस्यता नविकरणमा ध्यान नदिने, नेताको भक्तिभाव गाउने, चाकडी गर्नेहरू पार्टी सदस्यतालाई क्यास गर्दै अगाडि बढ्ने प्रवृत्ति बढ्दो छ । पार्टीमा पद्धति, सिष्टम भत्किदै जान थालेको छ । कार्यकर्तामा नैराश्यता पलाएको छ ।

पार्टीलाई पद्धतिमा हिडाउने, कमिटीलाई जिम्मेवार बनाउने, पार्टीमा सिष्टम बसाउने जस्ता कुरामा माथिबाटै पहल गरिएन भने पार्टी ठुलो भड्खालोमा पर्ने सम्भावना देखिन्छ । यसका लागि पार्टी केन्द्रका नेता, मन्त्री, सांसद जो जसले जसलाई जहाँ नियुक्ति दिन, दिलाउन चहानुहुन्छ दिनुस दिलाउनुस । तपाईहरूको निर्णयमा आजसम्म विमति जनाईएको छैन र जनाइने पनि छैन । तर यत्ति हो सम्बन्धित व्यक्तिलाई जिम्मेवारी दिनुपूर्व उसको सदस्यता रहेको जिल्ला कमिटीबाट सिफारिस ल्याउन चै भनी दिनुस । यसले पार्टीलाई पद्धतिमा लैजान सहयोग नै गर्नेछ भनेर पटक–पटक पार्टीसँग माग गरियो । तर, पूरा भएन ।

बरू माथीबाट उल्टै पार्टी कमिटी के हो र पैसा र चाकरी नै ठुलो कुरा हो । पैसा नहुने, अनि चाकडी र चाप्लिसु नगर्नेहरूले अब पार्टीमा नबसे पनि हुने भो पो भनियो, कि जस्तो लागेको छ । आफुँले गरेको निर्णय आफैंले पूरा गर्नु नपर्ने । मनपरेको मानिसलाई जिम्मेवारी दिन कसैलाई सोध्नु नपर्ने तर, भन्न चै कम्युनिस्ट पार्टी अनुशासितहरूको पार्टी हो भनेर भनिदिनु पर्ने । खै कस्तो पार्टी चलाउने जमर्को गरिदैछ । अचम्ममा पो परिदैछ ।

(लेखक तत्कालिन नेकपा एमालेका पेसागत संघका जिल्ला सचिव हुन्)

वि.सं.२०७७ कात्तिक १६ आइतवार १३:२४ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...